बिराटनगर ,

सञ्चारकर्मी तथा गीतकार बीरेन्द्रकुमार साहको दोस्रो एल्बममा समावेश गरिएको गीत किन बस्यौ यी अँाखामा को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ। नेपाली चलचित्रका निर्देशक नवल नेपालले निर्देशन गरेको म्युजिक भिडियोमा नायक तथा मोडल माधब के सि,भुपाल सन्जेल, निकिता सड्ग्रौलाले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई मदन काश्यप घिमिरेले खिचेका हुन भने कृष्ण सुबेदिको श्रृङ्गार रहेको छ।

हिमालय टेलिभिजनमा प्रशारण भईरहेको the voice of nepal मा सबैतिर चर्चा बटुलिरहेका गायक तथा सँगीतकार बलबहादुर राजबँशिको स्वरमा रहेको मर्मस्पर्शी गीतलाई सञचारकर्मी तथा गीतकार बीरेन्द्रकुमार साहले लेखेका हुन। गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन।

म्युजिक भिडियोलाई प्रदेश एकको कोशी नदि,चतरा,दोमुखा लगायतको पर्यटकिय स्थानहरुमा छायांकन गरिएको र यसले प्रदेश एकमा रहेको पर्यटकिय क्षेत्रको समेत प्रचारप्रसार हुन निर्देशक नेपालले बताए। म्युजिक भिडियोमा तृकोनात्मक प्रेमकथालाई समावेश गरिएको छ ।म्युजिक भिडियो चाडै नै दर्शकहरुमाझ ल्याउने नेपालले बताए। यो म्युजिक भिडियोले दर्शक र स्रोताहरुको अपार माया पाउनेमा नायक तथा मोडल माधब के.सि. तथा गीतकार बीरेन्द्रकुमार साह निकै नै आशवादी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!