हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 765  पटक पढिएको

बलात्कारको घटनाको मिलाउन खोज्ने बैतडीको सिगास गाउँपालिका-३ का वडाध्यक्ष शेर सिंह साउद पक्राउ परेका छन् । सोही वडाको ठुलसैनीका १९ बर्षकी किशोरीलाई डरधम्की देखाइ २१ बर्षका दिपक सिंह धामीले ०७७ जेठ २३ गते बलात्कार गरेको घटना वडाध्यक्षलाई जानकारी गराउदा मिलापत्र गर्न दबाब दिएका थिए । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यलयका प्रवक्ता तथा एसएसपी मुकेश कुमार सिंहका अनुसार वडाध्यक्ष साउदले प्रतिबादीलाई भगाउने र अपराध लुकाउने कार्य गरि मतियारको काम गरेको अनुसन्धानबाट खुलेको छ ।

घटनामा सम्लग्न रहेको आरोपमा मनोज सिंह, अम्मर सिंह, गोपाल सिंह धामी, नर बहादुर धामी र राजेन्द्र सिंह धामी पक्राउ परिसकेको एसएसपी सिंहले जानकारी दिए । उनीहरुविरुद्ध मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी परेको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!