हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 594  पटक पढिएको

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे बीच भेट भएको छ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता पछि फेंग्हे शितलनिवास पुगेका हुन् । आईतबार एकदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका चिनियाँ रक्षामन्त्रीले यसअघि प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटबार्ता गरेका थिए । सेनाको हेड्क्वार्टर जंगी अड्डामा प्रधान सेनापति थापाले फेंग्हेसँग सरकारको तर्फबाट कुराकानी र छलफल गरेका हुन् ।

चिनियाँ रक्षामन्त्रीले जंगी अड्डामा लामो सयम बिताएका छन् । चिनियाँ डेलिगेशन टिम र नेपाली सेनाबीच कोभिड–१९ का कारण प्रभावित सैनिक अफिसरको तालिम सुचारु गर्नेबारे छलफल भएको छ । पूर्वघोषित चिनको सैन्य सहयोगबारे पनि छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री सहितको २० सदस्यीय डेलिगेशन टिम आईतबार साँझ एयर चाईनाको विमानमार्फत स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!