बलिउडका चर्चित गायक उदित नारायणको घरमा अहिले खुसीको माहोल छाएको छ । खुसीको माहोलको कारण उनका छोरा तथा ‘इन्डियन आइडल १२’ का होस्ट आदित्य नारायणको विवाह हो । आदित्यले प्रेमिका श्वेता अग्रवालसँग १ डिसेम्बरमा विवाह गर्न लागेका हुन् ।

केही अगाडि आदित्यको तिलक कार्यक्रम आयोजना भएको थियो । सोही कार्यक्रम पछि नै उनको विवाहको तयारी सुरु भएको हो । आदित्यको विवाहमा जम्मा ५० मानिस मात्र सहभागी हुनेछन् । तर, विवाहपछि भव्य रिसेप्सन पाटी आयोजना हुनेछ । जसमा नेता, अभिनेतालगायत ठुलाठुला हस्तीको सहभागीता रहनेछ ।

आदित्य र श्वेताको विवाह मन्दिरमा साधारण तवरबाट हुनेछ । विवाहमा नजिकका आफन्त र साथीहरुमात्र सहभागी हुनेछन् । विवाहपछि परिवारेले एक भव्य रिसेप्सन पार्टी आयोजना गर्र्दैछन् । यसका लागि बलिउडका सबै स्टारलाई निम्ता समेत पठाइएको छ ।

‘छोरोको विवाहको तयारी भइरहेको छ । २ डिसेम्बरमा रिसेप्सन पार्टीको आयोजना हुनेछ,’ उदितले भने, ‘रिसेप्सन मुम्बईको एक फाइभ स्टार होटलमा हुनेछ । अहिले भेन्यु फाइनल भएको छैन ।’ रिसेप्सन पार्टीका लागि बलिउड अभिनेता अमिताभ बच्चनदेखि सबै सेलिब्रेटी र प्रधानमन्त्री नरेन्द्र मोदीसमेतलाई निम्ता पठाएइएको उदितले जानकारी दिए ।

आदित्य र श्वेता बिगत १२ बर्षदेखि एकअर्काेसँग डेट गरिरहेका छन् । यी दुबैको पहिलोटक भेट फिल्म ‘शापित’को सेटमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!