हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 525  पटक पढिएको

डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक पुग्दै गर्दा एक्कासि बेहोस भएर उनी ढलेकी थिइन् ।

बेहोस भएकी निज शिक्षिकालाई उपचारका लागि जोरायल गाउँपालिकाको रावतकट्टेमा रहेको जोरायल फार्मेसीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ । मृतक शाहु २०७६ वैशाखदेखि बालविकास सहजकर्ताका रुपमा सो विद्यालयमा कार्यरत शिक्षक मीनबहादुर रोकायाले जानकारी दिए । उनका एक श्रीमान् र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!