जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आज काठमाडौं आईपुग्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयले उनको आइतबार काठमाडौँ आउने कार्यक्रम तय भएको जनाएको छ ।
भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापाले पनि उनीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने तय भएको छ । उनी आजै स्वदेश फर्कनेछन।