हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 889  पटक पढिएको

चार दिन पहिले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट जिउँदो सालक बिक्री गर्न हिडेका दुई जना मध्ये पक्राउ परेका एकजना उपराष्ट्रपति नन्दबहादुर पुनका सवारी चालक रहेको पाइएको छ ।

पक्राउ परेका मध्ये ससस्त्र प्रहरीमा कार्यरत भिमबहादुर मगर उपराष्ट्रपति पुनको वाहालवाला सवारी चालक भएको डिभिजन वन कार्यालयका एक कर्मचारीले जानकारी दिए । यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सवारी चालकका रुपमा कार्यरत रहेको बताइएको छ ।

उनीहरूबाट विभिन्न बैंकको चेक बुक, भौचर तथा एटिएम कार्ड, १ थान नागरिकता प्रमाणपत्र, पेन ड्राइभ, ३ थान राजश्व तिरेको बिल, ४ थान मोबाइल, भीमबहादुर थापाको सवारी चालक अनुमतिपत्र तथा सशस्त्र प्रहरी बलको परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!