हिपमत डटकम

शनिबार, मंसिर १३, २०७७ || 905  पटक पढिएको

अप्पन ब्राह्मण समाज विराटनगरद्वारा आयोजित विद्यापति स्मृति पर्व समारोह भव्यताका साथ सम्पन्न भएको छ । पत्रकार महासंघ जिल्ला कार्यसमिति मोरङको सभाकक्षमा सो समारोह समपन्न भएको हो ।

कार्तिक धवल त्रयोदशीका दिन कविकोकिल महाकवि बाबा विद्यापतिको देहावसान भएको स्मृतिमा मिथिलाञ्चलवासीद्वारा विद्यापति स्मृति पर्व समारोह मनाउने परम्परा रहेको छ । सोही अवसरमा अप्पन ब्राह्मण समाजले विद्यापति स्मृति पर्व समारोह मनाएको समाजका अध्यक्ष कुमुद मोहना झाले हिपमत डटकमलाई बताउनु भयो ।

समाजका अध्यक्ष कुमुद मोहन झाको अध्यक्षतामा सम्पन्न भएको सो समारोहका प्रमुख अतिथी अर्थशास्त्री डा. प्रो. पि के झाले समारोह मात्रले समाज वा देशको विकास नहुने भन्दै यसकालागि हामी सबैलाई एकजुट भएर अगाडी बढ्नु पर्ने बताउनु भयो । वहाँले विद्यापति सब्दको व्याख्या गर्दै, हामी “विद्या पति (विद्याका स्वामी)” विद्यापतिका सन्तती भएपनि समग्र मिथिलाञ्चल शैक्षिक रुपले कमजोर भएको जिकिर गर्दै शिक्षा नै हाम्रो पहिलो प्राथमिकता हुनु पर्नेमा जोड दिनु भयो । डा. झा महिला शिक्षामा जोड दिदैं, हाम्रा पुर्वजका प्रमुख अस्त्र तलवार वा बन्दुक नभई कलम रहेकोले जबसम्म हामी शैक्षिक रुपमा शक्तिशाली हुँदैनौ तबसम्म मैथिली वा समग्र मिथिलाको विकास सम्भव नहुने बताउनु भयो । कार्यक्रमका अन्य वक्ताहरुले समेत आफ्ना धारण राख्दै बाबा विद्यापतिको गुणगाण गरेका हुन् ।

लोकप्रिय गायक बिरेन्द्रझा संगै सम्पूर्ण सहभागीहरुद्वारा सामुहिक रुपमा जय–जय भैरवि असुर भयाउनी गीतबाट शुरु भएको सो कार्यक्रममा अन्तराष्ट्रि मैथिली एशोसिएशन नेपालका अध्यक्ष प्रवीण नारायण चौधरी सहित, प्रेमझा, कर्ण संजय, सुश्री प्रतिभा झा, श्रीमति प्रतिभा झा, प्रकाश प्रेमी, समाजका सचिव एस एस ठाकुर, शिवम मिश्र सहितका कविहरुले कविता वाचन गरेका थिए भने भगवन झाले समय सान्धर्भीक बाबा विद्यापतिका गीत गाएका थिए ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष लक्ष्मीरमण झा, उपाध्यक्षद्वय अमरकुमार झा, सुनिलकुमार झा, काेषाध्यक्ष दिपेन्द्र झा, सहसचिव सुजित चौधरी सहित सम्पूर्ण पदाधिकारी एवं सदस्य सल्लाहकार मिथिलेश ठाकुर, ई. विमलेश झा, मैथिली सेवा समितिका महासचिव विपुलेन्द्रझा, कोषाध्यक्ष प्रकाशनारायण झा, मैथिल ब्राह्मण सभा युवा समुह मोरङका अध्यक्ष मनोज मिश्र, अप्पन विराटगढ परोपकार समाजका अध्यक्षा बसुन्धरा झा, राजेश झा, हिपमत मिडिया हाउस प्रा. लि. का अध्यक्ष विरेन्द्र साह, हिन्दुस्तान पत्रिकाका वरुण मिश्र, माला मिश्र, अमोद कुमार झा, विवेक ठाकुर, बन्दना चौधरी, भाग्यश्वरी झा, कविता झा, प्रिती झा सहितको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!