हिपमत डटकम

शनिबार, मंसिर १३, २०७७ || 819  पटक पढिएको

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्यो भने देशको भाग्य समेत फुट्ने दावी गर्नुभएको छ । शनिवार बिर्तामोडमा होटल सिदार्थ ग्राण्ड सिटीको उद्घाटन गर्नुहुँदै नेकपा पार्टीका स्थायी कमिटी सदस्य समेत रहनुभएका नेता भट्टराईले पार्टी भित्रको समस्या सचिवालय बैठकले समाधान नगरे स्थायी कमिटीको बैठकले गर्ने तर यसको निर्णय निर्मम हुने पनि बताउँनुभयो ।

पार्टी फुट्दा पार्टी मात्र नभएर धेरै कुरा बिग्रिन सक्ने भन्दै मन्त्री भट्टराईले सचिवालय बैठकलाई इंकित गर्दै स्थायी कमिटिको वैठकले निर्मम निर्णय गर्न बाध्य हुने बताउनुभयो । मन्त्री भट्टराईले राजावादीलाई इकित गर्दैे ‘मरेका भूतप्रेतहरुले आन्दोलन गरिरहेको भन्दै नेकपा फुटेमा मात्रै राजावादीहरुले सलवलाउने मौका पाउने दावी गर्नुभयो ।

नेपाली जनताको आवश्यकताले बनेको नेकपाले यो संकट पार लगाउने समेत मन्त्री भट्टराईले बताउँनुभयो । ५० करोडको लगानीमा ६ कठ्ठा जग्गामा सञ्चालनमा आएको होटलको मन्त्री भट्टराईले उद्घाटन गर्नुभयो । सुविधा सम्पन्न होटलमा ५१ वटा सुविद्या सम्पन्न रुम, ५ वटा वेग्ला बेग्लै रेष्टुरेन्ट, स्वीमिङपुल, २ वटा सेमिनार हललगायतका सेवा सुबिद्या रहेको होटल सञ्चालक होम पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!