हिन्दू राज्यको माग गर्दै नेपालगञ्जमा विशाल मोटरसाइकल र्‍याली प्रदर्शन गरिएको छ ।

‘राजा ल्याऔं देश बचाऔं’, ‘राजा नआए प्रजाको विनाश हुन्छ’लगायतका नारासहित हिन्दू राज्य र राज संस्था पुनस्र्थापनाका लागि नेपालगञ्जमा विशाल मोटरसाकल र्‍याली प्रदर्शन गरिएको हो । हजारौंको संख्यामा बागेश्वरी मन्दिरबाट विशाल मोटरसाइकल र्‍याली निकालिएको छ ।

 

हिन्दू राष्ट्रवादी आयोजक रहेको ५ सय बढी मोटरसाइकल र्‍यालीले नेपालगन्जको बागेश्वरी मन्दिरको पूर्वपट्टिको पार्कबाट न्यूरोड, पुष्पलाल चोक, सुर्खेत रोडको विरेन्द्र चोक, वीपी चोक, गणेशमान चोक, चार बाहिनी चोक, भेरी अस्पताल हुँदै त्रिभुवन चोक, सदरलाइनदेखि बागेश्वरी मन्दिर हुँदै धम्बोझी चोकसम्म नगर परिक्रमा गरिएको छ ।

नेपालको राष्ट्रिय झन्डा तथा भगुवा झण्डा बोकेर र्‍यालीमा हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा नारा लगाइएको थियो । कार्यक्रममा सहभागीहरुले धम्बोझी चोकमा पुनः राजा विरेन्द्रको शालिक स्थापना गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!