बीरेन्द्रकुमार साह

शुक्रबार, मंसिर १२, २०७७ || 2151  पटक पढिएको

विराटनगर। मोरङको विराटनगरस्थित रानी भन्सारमा खटिएको प्रहरीबाट महिलामाथि हातपात भएको छ। भारतीय बजारबाट सामान्य घरायसी सामान खरीद गरी नेपाल प्रवेश गर्दै गर्दा प्रहरीद्वारा हातपात गरिएको र पत्रकारको क्यामेरा खोसिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीका सहायक प्रहरी निरीक्षक केबी राई सहितको टोलीले महिलामाथि अभद्र व्यवहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । सीमा नाकामा कडा निगरानी गरिरहेको प्रहरीले भारतबाट सामान्य घरायसी सामान लिएर नेपाल प्रवेश गर्दा हातपात गरेका हुन्।

करीब अपरान्ह ४:३० बजेतिरसीमा नाकामा पुगेका जेनवन न्यूजका पत्रकार,एभिन्युज खबरका पत्रकार बीरेन्द्रकुमार साह लगायतको टोलीमाथि सहायक प्रहरी निरीक्षक केबी राईले गुण्डा शैलीमा क्यामेरा खोस्दै दुर्ववहार गरेका छन्। महिलामाथि गरिएको अभद्र व्यवहारको दृश्य कैद गर्दै गरेका पत्रकारलाई देखेपछि राईले आएर क्यामेरा खोसेर पत्रकारमाथि गाली गलौज समेत गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!