हिपमत डटकम

शुक्रबार, मंसिर १२, २०७७ || 1083  पटक पढिएको

नसा फुल्ने र पिडौलामा नसा गाँठो पर्ने समस्या पछिल्लो समय धेरै मानिसलाई देखिन थालेको छ । लामो समयसम्म उभिएर काम गर्ने मानिसमा यस्ता समस्या देखिने गरेको चिकित्सक बताउँछन् ।

मेडिकल भाषामा खुट्टाको नसा फुल्ने समस्यालाई ‘भेरिकोज भेन’ भन्ने गरिन्छ । चिकित्सकले भेरिकोज भेनलाई पेसाजन्य समस्याका रुपमा मान्ने गरेका छन् । नेपालमा नसर्ने रोगको चुनौती थपिँदै जाँदा पेसाजन्य रोगको समस्यामा त्यति ध्यान नपुगेको चिकित्सकहरु बताउँछन् ।

लक्षणहरु के के हुन्छन् ?

– बाहिरी नसा खुम्चेको जस्तो देखिने,

– धेरै हिँड्दा दुख्ने,

– खुट्टा सुन्निए जस्तो हुने,

– खुट्टा भारी हुने जस्ता लक्षण हुन्छन् ।

यसको अलावा अत्यधिक मोटोपना, गर्भावस्था एवं कब्जियतका कारणले पनि यो समस्या देखा पर्न सक्छ भने कसैकसैमा वंशाणुगत रुपमा पनि देखापर्न सक्छ । कब्जियत, गर्भावस्था, लामो समयको खोकी, पिसाब गर्न बल गर्नुपर्ने समस्या भएका व्यक्तिमा मलद्वार वरिपरिको रगतको नसा पनि फुल्न सक्छ ।

घरेलु उपचारको विधी

यसको लागि तपाईंलाई हरियो र रातो गोलभेडाको आवश्यकता पर्छ । यो प्राचीन समयदेखि अहिलेसम्म चल्दै आईरहेको विधि हो । हाम्रो स्वास्थ्यको लागि गोलभेडा निकै नै फाईदाजनक छ । यसका साथै यसले नशा फुल्ने समस्याको पनि निराकरण गर्छ भन्ने कुरा तपाईंलाई थाहा नहुन सक्छ । गोलभेडामा नशाको समस्यालाई निको पार्ने औषधिय गुण हुन्छ।

हरियो गोलभेडाको प्रयोग गर्ने विधि:

सबैभन्दा पहिला हरियो गोलभेडालाई राम्ररी पखाल्नुहोस् । पाकेको तर गोलभेडाको रंग हरियो भएको प्रयोग गर्नुहोस् । त्यसपछि यसलाई ०.५ सेन्टिमिटरमा काट्नुहोस् । गोलभेडाको टुक्रालाई नशा फुलेको ठाउँमा लगाउनुहोस् । गोलभेडा राखी पट्टिले बाँध्नुहोस् । त्यसपछि तपाईंलाई केही जलनको महशुश हुन्छ । एकछिनपछि पट्टिलाई निकाल्नुभई चिसो पानीले पखाल्नुहोस् । यस विधिलाई दिनमा पाँच पटकसम्म गर्नुहोस् । २ हप्तापछि तपाईंले यसको परिणामलाई देख्न सक्नुहुनेछ । यस विधिको प्रयोग गर्दा तपाईंलाई केही जलनको महशुश हुन्छ । तर बिस्तारै नशा फुलेको हराउँदै जान्छ ।

रातो गोलभेडाको प्रयोग गर्ने विधि:

रातो गोलभेडाको प्रयोग गरी पनि फुलेको नशाको समस्यालाई हटाउन सकिन्छ । यसको प्रयोग तपाईंले रातभरि गर्न सक्नुहुन्छ । सुत्नुभन्दा अगाडि केही गोलभेडालाई स–सानो टुक्रामा काट्नुहोस् । त्यसपछि माथिको विधिअनुसार नै यसको प्रयोग गर्नुहोस् । गोलभेडाको प्रयोग ४ घण्टासम्म गर्नुहोस् । यसपछि नयाँ गोलभेडाको प्रयोग गर्नुहोस् । रातभरि नै यसको प्रयोग गर्नुहोस् । तपाईंले यस उपचारलाई अपनाउनु हुँदा सन्तुलित आहारको प्रयोग गर्न जरुरी छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!