हिपमत डटकम

शुक्रबार, मंसिर १२, २०७७ || 1191  पटक पढिएको

अवैध रुपमा लैजाँदै गरेको यार्सागुम्बा सहित ४१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा लैजाँदै गरेको २ केजी ९ सय २० ग्राम यार्सागुम्बा सहित जुम्ला कनकासुन्दररी गाउँपालिका–४ लेकपरका पुर्ण बहादुर बुढा बिहीवार दिउँसो पक्राउ परेका हुन् ।

विशेष सूचानाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले बीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलस्थित ना.६ ख ८२४४ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसमा सवार पुर्ण बहादुरको झोलामा उक्त यार्सागुम्बा फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!