खबर ठुलो छ

बिहीबार राती दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बराहखुटी निवासी खुसलराम पौडेललाई गोली हानेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ बाख्रे निवासी २४ वर्षका कमल पुन, ३८ वर्ष राजु घर्ती र ४० वर्षका इन्द्र केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

उनीहरुलाई गएराति घरबाटै पक्राउ गरेको डीएसपी सिंहले बताए । पक्राउ परेका तीनैजनालाई तुलसीपुर प्रहरीले वडा प्रहरी कार्यालय लमहीलाई बुझाएको छ । अभियुक्त तुलसीपुर क्षेत्रका भएपनि घटनास्थल लमहीमा पर्ने भएकाले लमही प्रहरीलाई बुझाएको डीएसपी सिंहले बताए ।

बुधबार राती लमही नगरपालका–९ च्याउखोलामा शिकार खेल्न गएको समयमा आफ्नै साथीले हानेको बन्दुकको गोली लागेर पौडेल घाइते भएका थिए । शिकार खेल्न १४ जना गएपनि ११ जना भने अझै फरार रहेका छन् ।

शुक्रबार, मंसिर १२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया