हिपमत डटकम

शुक्रबार, मंसिर १२, २०७७ || 1038  पटक पढिएको

काठमाडौं / पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजा र राजावादीहरुलाई राष्ट्रवादी नभएको बताएका छन् । आज ट्वीट गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले अरू जेसुकै दाबी गरे पनि आफुलाई राष्ट्रवादी हौँ भनेर दाबी नगर्न पूर्व राजा र राजावादीहरूलाई चेतावनी दिएका हुन् ।

पछिल्लो समय देशभर राजतन्त्रको पक्षमा भइरहेको प्रदर्शनतर्फ संकेत गर्दै उनको यस्तो भनाइ आएको हो । उनले राजवादीहरुले देशभित्र र बाहिर धर्मको राजनीति गरिरहेको र त्यो कुरा नेपाली जनताले बुझेको समेत उल्लेख गरेका छन् ।

नेपालमा गणतन्त्रको जग हल्लिँदा आउने अस्थिरताले देशको भविष्य के हुन्छ भन्ने बारेमा सोच्न समेत डा. भट्टराईले राजावादीहरुलाई आग्रह गरेका छन् । गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका चार खुट्टा भएको भन्दै कुनै एउटा खुट्टा भाँचिदा पूरै खाट लड्छ भन्ने वैज्ञानिक तथ्यलाई बुझ्न डा. भट्टराईले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!