हिपमत डटकम

बिहिबार, मंसिर ११, २०७७ || 1175  पटक पढिएको

अभिनेत्री जया प्रदाले अभिनयमा कमब्याक गर्ने भएकी छन् । लामो समयदेखि फिल्मी दुनियाँबाट टाढा रहेकी उनले पञ्जाबी फिल्ममार्फत अभिनयमा फर्किन लागेकी हुन् । उक्त फिल्ममा अभिनेता राज बब्बरको पनि अभिनय रहनेछ ।

समाचारमा उल्लेख भएअनुसार जयाको अभिनय रहने पञ्जाबी फिल्मको नाम ‘भूत अंकल तुस्सी ग्रेट हो’ रहेको छ । जयाको यो पञ्जाबीमा डेब्यु फिल्म हो । फिल्मका निर्देशक केसी बोकाडिन्या रहेका छन् । जयाले केसीसँग यस अगाडि पनि काम गरिसकेकी छन् ।

हरर कमेडी जनरामा निर्माण हुने यो फिल्ममा जया र राज मुख्य भूमिका निर्वाह गर्दैछन् । जयाले यस अगाडि दिन्दी, तमिल, तेलुगु, मलयालम फिल्ममा काम गरिसकेकी छन् । जया र राज अलग अलग राजीतिक पार्टीसँग सम्बन्धित छन् । राज काँग्रेस र जया बीजेपीसँग आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!