हिपमत डटकम

बिहिबार, मंसिर ११, २०७७ || 581  पटक पढिएको

लेटाङ । मोरङको लेटाङका कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ ।
लेटाङका पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान ज्यान गएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि मंसिर ९ गते मंगलबार उपचारका लागि वृद्धलाई भर्ना गरिएको थियो ।

पछिल्लो समय श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या मृतकमा रहेको जानकारी उनले दिए । गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका वृद्धलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको दाहालको भनाइ छ ।
उनको आजै चिसाङ खोलामा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!