हिपमत डटकम

बिहिबार, मंसिर ११, २०७७ || 824  पटक पढिएको

यदि तपाईंमा चुरोट पिउने बानी छ भने सावधान हुनुहोस् । धुम्रपान गर्ने व्यक्तिलाई कोरोना भाइरस संक्रमणको खतरा अधिक हुने एक अनुसन्धानमा खुलासा भएको छ ।

अमेरिकाको क्यालिफार्निया विश्वविद्यालयको एक अनुसन्धानका अनुसार धुम्रपान गर्ने बानी भएका व्यक्तिलाई कोरोना संक्रमणको खतरा तीन गुणा बढी हुन्छ ।

रोग प्रतिरोधात्मक क्षमता
अनुसन्धानकर्ताका अनुसार धेरै चुरोट पिउँदा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यस कारण कोरोना भाइरस सजिल्यै शरीरभित्र जान्छ । चुरोट पिउँदा स्वाससम्बन्धी इन्फेक्सन हुन्छ । यसले निमोनिया र हृदयघातको खतरा पनि बढ्छ । यस्तो अवस्थामा संक्रमणको खतरा धेरै हुन्छ ।

फोक्सोमा असर
मुख्य शोधकर्ता ब्रिगेट गोम्पर्टका अनुसार चुरोटबाट निस्किने धुँवाले शरीरमा भएको इन्टरफेरोन नामक सेलको काम बन्द गरिदिन्छ । जसले संक्रमणको खतरा बढाउँछ । उक्त सेलले हाम्रो फोक्सोमा हुने हर प्रकारका संक्रमणको खतराबाट बचाउँछ । यसले फोक्सोलाई ढालको रुपमा संक्रमणबाट बचाउँछ । तर धेरै धुम्रपान गर्दा यस्तो ढालको विभिन्न भागमा क्षद गरिदिन्छ । र यो संक्रमणसँग लड्न सक्दैन । धुम्रपान गर्ने मधुमेहका विरामीलाई झनै धेरै खतरा हुन्छ ।

ई– सिगरेट पनि खतरनाक
स्टेनफोर्ड युनिभर्सिटीका अनुसार ई–सिगरेट पिउँदा पनि कोरोना भाइरसको संक्रमणको खतरा पाँचदेखि १०० प्रतिशत बढ्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!