रबिन्द्र बराल

बिहिबार, मंसिर ११, २०७७ || 816  पटक पढिएको

मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको नमूना सहकारी संस्था लिमिटेडले सर्वसाधारणले बचत गरेको ७ करोड रुपैँया सन्चालक समिति हरु ले हिनामिना गरेको कुरा सार्वजनिक भएको छ । लामो समयदेखि संस्थाका पाँचजना सदस्य हरु को मिलेमतोमा सहकारीको लेखा प्रणालीलाई नै अव्यवस्थित बनाएर रकम हिमामिना गरिएको भन्दै स्थानीय आन्दोलित भएका छन । धनपालथान गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गुलाबचन्द मण्डल सहकारीका अध्यक्ष समेत रहेका छन भने धनपालधान–१ का अध्यक्ष जनकलाल चौधरी लेखा समिति संयोजक रहेका छन । लेखा समिति संयोजक चौधरी सहकारीका पूर्व अध्यक्ष एवं १२ वर्षदेखिका संयोजक समेत रहेका थिए । उक्त सहकारी ले समितिले २०६२ सालदेखि नै सहकारीले नियम अनुसार हिसाब किताब नराखेको त्रुटी फेला पारेको थियो ।
अहिले दैनिकी सहकारी मा रकम लिनका लागि स्थानीय हरु पुग्ने गरेता पनि आफुले बचत गरेको रकम समते नपाएको गुनासो गरिरहेका छन । आफुले खाई नखाई गरेर रकम जम्मा गरे तर अहिले आफुलाई समस्या पर्दा सहकारी मा पैसा लिन जाँदा सहकारी का अध्यक्ष पन्छिन खाेजे काे सदस्य सरस्वती साह ले बताईन ।
सर्वसाधारणले आफुले बचत गरेको रकम फिर्ता लिनका लागि गत चैत्र महिना देखि पहल गरिरहेकाेे भएता पनि वचत कर्ता हरु ले भने अहिलेसम्म कुनै रकम नपाएको र छारी काे बिवहा का लागि बारम्बार पैसा लिन सहकारी पुग्दा रित्तै हात फर्किनु परेको कन्चा मंण्डले बताईन । उनकाे उक्त सहकारी मा ९ लाख रुपैयाँ बचत गरेको उनलेे बताईन । उनी हरु त एक पात्र मात्रै हुनु उनी जस्तो सयौं ले उक्त सहकारी मा एक जना बराबर ३० लाख रुपैयाँ सम्म सहकारी मा रकम जम्मा गर्न गरेको सदस्य हरु ले बताए । कन्चन चाैघरी ले समेत उक्त सहकारी मा २ लाख बरावर रकम जम्मा गरेकाे र उनको छाेरा विरामी भएको पनि महिनाै दिन बितिसक्यो रकम अभाव ले उपचार समेत हुन नसकेको र बुहारी समेत सुत्केरी हुने समय भयाे सहकारी मा बचत गरेको रकम निकाले र छाेरा काे उपचार र बुहारी लाई सुत्केरी गराउन सहज हुन्छ कि भनेर महिना दिन देखि उक्त रकम लिन जादा सहकारी का प्रतिनिधि हरु ले दैनिकी आलटाल गरि अाफुले बचत गरेको रकम समेत नदिने गरेको कन्चन ले बताईन ।

संस्था का अध्यक्ष गुलावचन्द मंण्डल २०७१ साल देखि सहकारी मा अध्यक्ष भएको हुना ले आफू संस्था मा आउनु भन्दा अगाडि का सन्चालक समिति का व्यवस्थापक हरु ले रकम हिना मिना गरेको र निक्षेपकर्ताको रकम जग्गा बिक्री गरेर भएपनि फिर्ता गर्छु, सहकारीका अध्यक्ष एवं धनपालधान गाउँपालिका–३ का अध्यक्ष समेत रहनु भएका मण्डलले भन्नुभयो–मैले कुनै हिनामिना नगरेको समेत बताए । अहिले सहकारी काे खातामा कुनै पैसा नभए र साधारणसभा र स्थापना काल देखि पुनः अडिट नभए सम्म संस्थाले सदस्य हरु लाई कुनै रकम दिन नसकिने गुुुुलाव चन्द ले बताए । त्यसैगरी सहकारीले आफ्ना १२ वटा सटर भाडामा लगाएर वार्षिक ४ लाख र त्यस बाहेक ८ लाख रुपैँया आन्तरिक आय गर्दै आएको छ । तर, त्यसको समेत हिसाब नभेटिएपछि तत्काल कारवाहीका लागि सिफारिस गरिएपनि अहिलेसम्म कारवाही नगरिएको स्थानीय राजेन्द्र मण्डल ले बताए । गाउँपालिकाले सहकारीमा अनियमितता गर्नेलाई संरक्षण गरेको भन्दै स्थानीयसहित गाउँपालिकामा प्रदर्शन गरेको थियो । गाउँपालिकाका सह–इन्चार्ज राजेन्द्र मण्डलका अनुसार तत्काल स्थानीयले अहिलेसम्म बचत गरेको रकम फिर्ता हुनुपर्ने एक सुत्रीय मागसहित सहकारीमा भ्रष्टचार गर्नेहरुलाई कारवाहीको माग राखिएको छ । नेकपा गाउँपालिका अध्यक्ष सुकदेव यादवसहितको टोलिले बुधबार ज्ञापनपत्र समेत बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!