राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोकासहितको परिवार चढेको गाडी त्रिशुली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । प्युठानबाट बिरामी छोरी बोकेर काठमाडौँ आउँदै गरेको पिकअप भ्यान बिहीबार बिहान साढे ५ बजे त्रिशुली नदीमा खस्दा रोकाका श्रीमती र चालकको मृत्यु भएको हो भने छोरी बेपत्ता भएकी हुन् ।

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोला नजिकबाट लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान त्रिशुलीमा नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका इन्सपेक्टर दयाकृष्ण भट्टले बताए ।

पिकअप भ्यान दुर्घटना भएलगतै मुकुन्द रोका नदीमा पौडिएर बाहिर निस्किन सफल भएको भट्टले जानकारी दिए । प्युठानको झिमरुक गाउँपालिका–१ घर भएका ३८ वर्षीय घाइते रोक्काको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा मुकुन्दकी श्रीमती ३३ वर्षीया जमुना रोक्का र चालक २३ वर्षीय सूर्य केसी रहेका छन् । बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्का बेपत्ता छिन् ।

पिकअप भ्यान सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खसेको थियो । बेपत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!