नगरपालिकामा पालिका स्तरीय बैठकमा मंगलबार रतुवामाई नगरपालिका , सुनवर्शी नगरपालिका , रङ्गेली नगरपालिका , धनपालथान गाउपालिका , जहदा गाउपालिका र कटहरी गाउँपालिकाको प्रमुखहरु , अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रमुख हरुकाे संयुक्त बैठकले विद्यालय सन्चालन गर्ने निर्णय गरेको छ ।

साे बैठक ले प्रत्येक विद्यालयले विद्यार्थी/शिक्षकहरुलाई अनिवार्य साबुन पानीले हात धुने व्यवस्था गर्ने, विद्यालयले प्रत्येक विद्यार्थीको थर्मल गन प्रयोग गरी आफ्नै कर्मचारी द्वारा अनिवार्य तापक्रम नाप्ने व्यवस्था गर्ने, थर्मल गनको व्यवस्था प्रत्येक विद्यालयको लागि सम्बन्धित नगर/गाउँ पालिकालेनै गर्ने, विद्यालयले प्रत्येक हप्ता कम्तीमा एक पटक विद्यालय सेनिटाइज/ डिसइन्फेक्ट गर्ने व्यवस्था मिलाउने, १ देखि ५ सम्म संचालित विद्यालयहरुलाई दिवा सत्रमा र कक्षा ६ देखि १२ सम्म संचालित विद्यालयहरुलाई विहानी सत्रमा सामाजिक दूरी कायम गरी संचालन गर्ने व्यवस्था गर्ने , कुनै विद्यार्थी/शिक्षकलाई कोरोना संक्रमित लक्षण देखिएमा अनिवार्य १४ दिनको लागि बिदामा बस्न लगाउने र पि. सि. आर. टेस्ट गर्ने व्यवस्था मिलाउने तथा नेपाल सरकार ले पाठ्यक्रम विकास केन्द्र द्वारा जारी गरिएको समायोजित पाठयक्रमलाई नै लागु गरी पठनपाठन संचालन गर्ने , विद्यालयले अनिवार्य विद्यालय व्यवस्थापन समिति/शिक्षक अभिभावकको बैठक बसी अनिवार्य अभिभावकहरुवाट विद्यालय संचालनको लागि सहजीकरण गर्ने प्रतिबद्धता गर्न लगाउने र सो को जिम्मेबारी सबै पक्षले लिने , प्रत्येक सामुदायिक/धार्मिक/संस्थागत विद्यालयहरुलाई थर्मल गन र यस बाहेक अन्य सामग्रीहरु सामुदायिक र धार्मिक विद्यालयहरुलाई सम्बन्धित पालिकाले दिने व्यवस्था गर्ने , हरेक १५ दिनमा नगर/गाउँ पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुखले उपर्युक्त बुँदा लागु भएको/ नभएको भनी अनिवार्य अनुगमन गर्ने , शिक्षा संग सरोकार राख्ने सम्पूर्ण निकाय /संस्था, व्यक्ति, अभिभावक, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, समाजसेवी, सबैले आ- आफ्नो क्षेत्रबाट कर्तव्यबोध गरी जिम्मेवारी बहन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!