हिपमत डटकम

मंगलबार, मंसिर ०९, २०७७ || 872  पटक पढिएको

अहिले पनि कतिपयले कालो चियालाई दोस्रो दर्जाको चियाको रुपमा लिने गर्दछन् । कतिपयले यो तौल घटाउने माध्यमको रुपमा लिने गर्दछन् । तर कालो चिया न दोस्रो दर्जाको चिया हो न त तौल घटाउने माध्यम मात्रै हो यो त मुटुलाई स्वास्थ्य राख्ने एक दमै लाभदायी औषधि समेत हो ।

यूनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाको स्कूल अफ मेडिसियनमा गरिएको सो अध्ययनमा कालोचियामा पाइने एक विशेष तत्वको उपयोगिताको बारेमा बयान गरिएको छ ।

कालो चियामा प्रचुर मात्रामा पाइने फ्लेवनाइड र क्वार्सटीन रक्तधमनीलाई स्वस्थ राख्न मद्दत गर्छ । यसका साथै यी तत्वहरुले धमनीसम्बन्धी रोगहरुको सम्भावना पनि कम गर्छ ।

कालो चियामा पाइने फ्लेवनायड एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र यसले भिटामीन सी को प्रभावकारीतामा बृद्धि ल्याउँछ । यति मात्रै नभई फ्लेवनायडले मुटुको धमनीको आसपासको तन्तुको पनि रक्षा गर्छ ।

नेतेली वार्ड, केविन क्राफ्ट र उनको समूहले मुसामा गरेको एक अनुसन्धानको आधारमा क्वार्सटीन मुटुको रक्तनलिको अक्सिडेन्टबाट हुने नेक्सानबाट बचाउन सक्षम हुने बताईएको छ । बिशेषज्ञका अनुसार फ्लेवनायड् उच्च रक्तचाप कम गर्न तथा एथेरोस्क्लीरोसिस (धमनीको कडापन) को समस्या कम गर्न समेत प्रभावकारी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!