खबर ठुलो छ

महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा आक्रोशित स्थानीय र प्रहरीबीच झडप हुँदा ३ जना गम्भीर घाइते भएका छन् ।

बर्दिबास नगरपालिकाका प्रमुख (मेयर) बिदुर कार्कीका अनुसार प्रहरीको गोली लागेर सञ्जय न्यौपाने, सुरज कार्की र अफ्ताप आलम घाइते भएका छन् ।

घाइतेमध्ये सञ्जयको दुवै तिघ्रामा गोली लागेकाले उपचारका लागि तत्कालै काठमाडौं लैजानुपर्ने चिकित्सकको सल्लाह अनुसार काठमाडौं पठाउन हेलिकप्टर खोज्ने काम भइरहेको मेयर कार्कीले बताए । ‘बर्दिबासमा उपचारका क्रममा चिकित्सकहरूले घाइतेलाई काठमाडौं लैजान सुझाव दिएका छन्,’ उनले भने, ‘अन्य २ जना घाइतेलाई एम्बुलेन्सबाट काठमाडौं पठाउने तयारी भइरहेको छ ।’

बलात्कार र हत्याको आरोप लागेका अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ । आक्रोशित स्थानीयले आरोपी साहको घरमा आगजनी गरेका छन् । स्थानीयले बर्दिबासमा विरोध प्रदर्शन समेत गरिरहेका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली चलाएको छ । बालिकाको शव प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको जनाइएको छ ।यो खबर लोकान्तर अनलाईनमा अजय अनुरागीले लेख्नु भएको खबर हो।

मंगलबार, मंसिर ०९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया