हिपमत डटकम

मंगलबार, मंसिर ०९, २०७७ || 717  पटक पढिएको

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता सुम्पिने औपचारिक प्रक्रिया सुरु हुनुपर्ने बताएका छन् ।

ट्रम्पले ट्वीट गरेर सत्ता हस्तान्तरणको निगरानी गर्ने महत्वपूर्ण फेडरल एजेन्सी जिएसएलाई ‘ती कुरा गर्नुपर्छ जुन आवश्यक छन्’ भनेका छन् ।

यद्यपि, उनले अहिले पनि आफ्नो लडाईं जारी राख्ने कुरा बताएका छन् ।

अर्कोतर्फ जनरल सर्भिस एड्मिनिस्ट्रेशन अर्थात् जीएसएले जो बाइडेनलाई बिजेताको रुपमा स्विकार गरिसकेको छ ।

यो घटनाक्रम यस्तो समय भएको हो जब मिशिगन राज्यमा जो बाइडेनको जीतको आधिकारिक पुष्टि गरिएको छ ।

यो पुष्टिपछि ट्रम्पको त्यो अभियानलाई गहिरो झट्का लागेको थियो जसमा उनले अमेरिकाको चुनावी नतिजालाई चुनौती दिइरहेका छन् ।

जो बाइडेनका समर्थकले सत्ता हस्तान्तरणको प्रक्रिया सुरुको स्वागत गरेका छन् ।

जो बाइडेन जनवरी २० मा शपथ लिने तयारी गरिरहेका छन् ।

यद्यपि, ट्रम्पका प्रतिनिधिले अहिले पनि आफूहरु मिशिगनको चुनावी नतिजालाई चुनौती दिने बताएका छन् । यद्यपि, अब समय बिस्तारै घर्किदैँछ ।

१४ डिसेम्बरमा अमेरिकी इलेक्टोरल कलेजले बाइडेनको जीतको पुष्टि गर्नेछ ।

ट्रम्पले के भने ?

सत्ता हस्तान्तरणको जिम्मेवारी जिएसएको हुन्छ र यसैका लागि ट्रम्पले ट्वीट गरेका हुन् ।

ट्रम्पको ट्वीटले स्पष्ट हुन्छ कि उनले जीएसएलाई बाइडेनलाई सत्ता सुम्पिने प्रक्रिया सुरु गर्नसक्ने बताएका छन् ।

ट्रम्पले लेखे अनुसार उनले जीएसएकी प्रशासक एमिली मर्फीलाई ‘उनको समूहले देशको हितमा सुरुवाती औपचारिकताका लागि जे गर्न सकिन्छ त्यो गर’ भनेका छन् । ट्रम्पका अनुसार उनले आफ्नो समूहलाई पनि त्यस्तै भनेका छन् ।

ट्रम्पद्वारा नियुक्त एमिलीले उनीमाथि ह्वाइट हाउसबाट टाइमिङ र निर्णयको विषयमा कुनै दबाब नभएको बताएकी छिन् ।

बाइडेनलाई पठाइएको पत्रमा एमिलीले भनेकी छिन्, ‘यो स्पष्ट छ कि मलाई पूरा प्रक्रियामा ढिलाई गर्नका लागि कुनै निर्देशन थिएन । यद्यपि, मैले अनलाइनमार्फत् धम्की पाएँ, फोनबाट पाएँ, मेलमार्फत् मलाई डर देखाइयो । मेरा कर्मचारीलाई पनि धम्की दिइयो । मैले जतिसुकै धम्की सहनु परेपनि म कानून बाहिर जान सक्दिनँ ।’

बाइडेनको समूहले एमिलीको पत्रको स्वागत गरेको छ ।

बाइडेनको टीमले यो पत्रको जवाफमा भनेको छ, ‘यो निर्णय आवश्यक थियो किनभने देशले अत्यधिक चुनौतीको सामना गरिरहेको छ र योसँग जुध्नका लागि पनि यो आवश्यक थियो । कोरोना महामारी नियन्त्रणभन्दा बाहिर छ र अर्थव्यवस्था पनि धरासयी बनेको छ । यो निर्णयले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु हुनेछ ।’

बाइडेनको समूह पनि औपचारिक हस्तान्तरणका लागि निकै सक्रिय छ । सोमबार बाइडेनले आफ्नो मन्त्रीपरिषदको केही महत्वपूर्ण घोषणा गरेको छ । तर जीएसएले बाइडेनलाई पत्र पठाएपछि मात्रै औपचारिकता पूरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!