माेरङकाे रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मालपोत कार्यालय अगाडि देखि मुरारी सोनीको पसल हुँदै वीर वहादुर काे घर अगाडि हुलाकी सडक लाई छुने कालोपत्रे सडक निर्माण काे लागि नगरपालिकाले ९० लाख ३५ हजार ५ सय ९४ रुपैयाँ मा नितिका एण्ड राज कन्ट्रक्सन सप्तरी लाई २०७५ चैत्र १३ गते ठेक्का काे सम्झौता पाएकाे थियो । निकिता ले २०७६ असार २० गते निर्माण सम्पन गर्ने भनिएता पनि विभिन्न कारण देखाउदै बारम्बार समय अबधि थप गरेता पनि हाल सम्म पनि उक्त सडक काे काम सम्पन्न हुन सकेको छैन । साे कम्पनी ले कालाेे पत्रे गर्ने काम सुरु गरेता पनि सडकमा भने माटाेे काे मिस्रण नहटाई धुलाे र माटाेे जमेकैैै ठाउँमा रातिको समयम कालोपत्रे गर्नु भन्दा अगाडि गरिने प्राईम काेड लगाएकाे खवर विभिन्न अनलाइन मा समचार समप्रेसण भए पछि आईतबार नगरपालिका का ईन्जिनियर श्याम सिहं लगायत काेे टाेलिले उक्त सडकाे निरिक्षण गरेका थिए । ईन्जिनियर ले साे सडक पुनः राम्रो संग सफा र माटाे काे मिस्रण हटाएर मात्रै पुनः प्राईम काेड लगाउन निर्देशन दिएता पनि निकिता एण्ड राज कन्ट्रक्सन का प्रमुख दिनेश साह ले भने ईन्जिनियर काे निर्देशन लाई अटेर गर्दे उक्त कम्पनी ले पुनः साेमबार राति ५ बजे साे सडकमा पुनः प्राईम काेड लगाएका छन । यसरी ठेक्केदार कम्पनी ले रातिको समयमा धुलाे नहटाई प्राईम काेड लगाउदा उक्त सडक कति समय सम्म बलियो र टिकाउ हाेला साेझै अनुमान लगाउन सकिन्छ । साे बिषयमा जानकारी लिदा ठेक्केदार दिनेेश साह ले भने आफुु ले साे सडक राम्रोसँग सफा गरेर प्राईम काेेड गरेको भन्दैै पन्छिन खाेेेेजे । साे ठेक्केदार कम्पनी ले सडक निर्माणकार्य गर्दा उक्त सडक काे कुल लागत , ठेक्का पाएकाे सम्झौता र सम्पन हुने समय अबधि काे बारेमा सबै स्थानीय लाई जानकारी गराउन सुचना पाटि अनिवार्य राख्नुपर्ने भएता पनि उक्त कम्पनी ले भने सुचना पाटि समेत कुनै ठाउँमा न रहेको स्थानीयले बताए । बारम्बार यस्तो लापरबाही गर्ने ठेक्केेेेदार कम्पनी लाई नगरपालिकाले कस्तो कार्वाही त्याे भने हेर्ने बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!