काठमाडौंको बसुन्धरास्थित मोर्गन इन्टरनेशनल कलेज बिप्लबनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को कारबाहीको सूचीमा परेको छ । कलेजले मापदण्डविपरित विभिन्न शीर्षकमा विद्यार्थीहरूबाट चर्को रकम असुलेको भन्दै क्रान्तिकारीको काठमाडौं जिल्ला समितिले कारबाहीको चेतावनी दिएको हो ।

अखिल क्रान्तिकारीका अनुसार मोर्गनले कोरोना भाइरसको नाममा प्रत्येक विद्यार्थीबाट ६ हजार रूपैयाँ लिएको छ । त्यसैगरी ल्याब फि र क्लास टेष्टको नाममा पनि कलेजले महँगो शुल्क असुलेको आरोप लगाइएको छ ।

 

मोर्गनले कक्षा १२ को परीक्षाको नाममा अभिभावकबाट जबर्जस्ती शुल्क असुल गरेको र प्रहरी प्रशासनको सहयोगमा विद्यार्थीहरूमाथि दमन गरिएको तथा पूरक परीक्षार्थीबाट समेत महँगो शुल्क उठाएकोले आफूहरूले कारबाही गर्नुपर्ने अवस्था आएको विद्यार्थी संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!