हिपमत डटकम

शनिबार, मंसिर ०६, २०७७ || 689  पटक पढिएको

मंसीर ३ गतेको सचिवालय बैठक बस्नु अघिल्लो दिन नेकपा नेताहरूबीचको भेटघाट कतिसम्म बाक्लिएको थियो भने घर,निवास,कार्यालयमा मात्रै नपुगेर एकाध होटल र रेष्टुरेण्टमा समेत भएको थियो । सोही क्रममा कोटेश्वरमा वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेर निस्किनुभएका कृषि मन्त्री तथा स्थायी समिति सदस्य घनश्याम भुसाल र उपाध्यक्ष वामदेव गौतमलाई घरैमा भेटेर रिपोर्टिङको लागि बालुवाटार पुग्नुभएका महासचिव विष्णु पौडेलबीच कफी पिउँदै पार्टीको समस्या समाधानको लागि पहल गर्ने सहमति बमोजिम साँझ परेपछि दरबारमार्गमा भेट भयो ।

‘बैठकमा प्रधानमन्त्री उपस्थित नहुने हो भने अर्को पक्षले बैठक राखेर जस्तोसुकै निर्णय गर्नसक्ने भएकाले समस्या समाधानको लागि उहाँले बैठकमा उपस्थित हुनैपर्ने,बैठक फेस गर्ने र आवश्यकताअनुसार समय माग्ने हो भने अर्को पक्षले पनि समय दिन कर लाग्ने’

उहाँहरूबीच समस्या कसरी समाधान गर्ने ? भन्ने विषयमा दुबैजनाले आ-आफ्नो धारणा राख्ने क्रममा भोलिपल्ट दिउँसोको सचिवालय बैठकमा प्रधानमन्त्रीलाई कसरी उपस्थित गराउने भन्नेबारेमै भुसाल र पौडेलबीचको कुराकानी केन्द्रित भएको स्रोतको दाबी छ । एकैछिन अघि कोटेश्वरमा भेटवार्ता गरेर फर्किनुभएका कृषि मन्त्री भुसालले ‘बैठकमा प्रधानमन्त्री उपस्थित नहुने हो भने अर्को पक्षले बैठक राखेर जस्तोसुकै निर्णय गर्नसक्ने भएकाले समस्या समाधानको लागि उहाँले बैठकमा उपस्थित हुनैपर्ने,बैठक फेस गर्ने र आवश्यकताअनुसार समय माग्ने हो भने अर्को पक्षले पनि समय दिन कर लाग्ने’ बताएपछि महासचिव पौडेलले मुण्टो हल्लाउनुभएको थियो ।

मन्त्री भुसाल कोटेश्वरबाट निस्केपछि महासचिवसँग भएको टेलिफोन वार्तामा एकछिन भेटौं भन्ने सहमति भएको बताइन्छ । महासचिव पौडेल त्यतिखेर बालुवाटारमै हुनुहुन्थ्यो । पौडेल बालुवाटारबाट र भुसाल कोटेश्वरबाट निस्केर सोझै दरबारमार्गको याक एण्ड यति होटलको लबीमा भेटी दुई दुई कप कफी पिउनुभएको थियो । नभन्दै भुसालको रोडम्याप अनुसार भोलिपल्ट प्रधानमन्त्री पनि बैठकमा उपस्थित हुनुभयो र १० दिनको समय माग्नुभएको थियो । बैठकले पनि प्रधानमन्त्रीले भनेझैँ सचिवालयको अर्को बैठक १३ गते मात्र बस्ने गरी निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!