प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं अगाडि मन्त्रिमण्डलमा केही हेरफेर गरे । नयाँ मन्त्रीहरु पनि थपे । त्यस क्रममा सरकारमा दोस्रो वरियताका उपप्रधानमन्त्री इश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाएर प्रधानमन्त्रीको कार्यालयमा लगे ।

पोखरेल त्यस्तो बेलामा रक्षामन्त्रीबाट हटाइए जतिबेला भारतीय सेनापति एम एम नरवणे नेपाल भ्रमणमा आउँदै थिए । पोखरेलले विगतमा नरवणेको सार्वजनिक रुपमा आलोचना गरेका थिए । कालापानीको सीमा विवादमा नरवणेको अभिव्यक्तिपछि पोखरेल बोलेका थिए । त्यसप्रति भारत निकै रुष्ट भएको थियो ।

आज टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले पोखरेलाई रक्षामन्त्रीबाट हटाएर ओलीले भारतलाई सकारात्मक सिग्नल गरेको उल्लेख गरेको छ । उसले लेखेको छ, ‘उनले (प्रधानमन्त्रीले) भारतीय सेनापतिप्रति आलोचनात्मक इश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाउनु केही मात्रामा भारतलाई सकारात्मक संकेत दिएको देखिन्छ ।

पोखरेललाई रक्षामन्त्रीबाट हटाएर आफैले मन्त्रालयको जिम्मेवारी ओलीले लिएका छन् । उनले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका बेलामा नरवणेसँग महत्वपूर्ण भेटवार्ता गरेका थिए । यसले पनि भारत इश्वर पोखरेलसँग रुष्ट भएको र नरवणेले उनलाई सहज नमानेको खुलेको छ । जसका कारण पोखरेललाई हटाएर ओलीले नरवणेलाई सहज बनाइदिएका थिए । यसलाई भारतसँगको सम्बन्धलाई सुमधुर बनाउने सिग्नल मानिएको छ ।

यसैगरी, टाइम्स अफ इन्डियाले रअ प्रमुख सामन्त गोयलसँग प्रोटोकल मिचेर गरेको भेटवार्ताको बारेमा समेत उल्लेख गरेको छ । यसलाई ओलीको भारतसँग सम्बन्ध सुदृढ बनाउने पहलका रुपमा विश्लेषण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!