हिपमत डटकम
गुल्मी,६ माघ:गुल्मी जिल्लाको रुपाकोटको सोता भन्ने स्थानमा एउटी यस्ती महिला छन् जसले अहिले समाजमा भइरहेका घटनाको ठ्याक्कै उल्टो उदाहरण पेश गरेकी छन् । पछिल्लो समय हामीले वैदेशिक रोजगारीमा गएका युवा जव फर्केर घर आउँछन् नत उनीहरुले कमाएको सम्पत्ती रहन्छ नत उनका छोराछोरी र श्रीमती । श्रीमानले दुख गरेर विदेशमा कमाएको सम्पत्ती र छोराछोरी समेत लिएर महिला सम्पर्क विहिन भएका थुप्रै उदाहरण लगातार आइरहेका छन् । तर गुल्मीकी यि महिलाको जिवन कथा सुनिसकेपछि तपाईलाई लाग्छ समाजमा यस्ता पनि महिला छन् र ?

सावित्रा भण्डारीको ३० वर्ष अघि बालकृष्णसंग विवाह भएको थियो । विवाह भएको ८ दिन पछि उनका श्रीमान धन कमाउन भन्दै विदेश गए । विदेश गएपछि उनले सावित्रालाई तीनवटा पत्र पठाए । पत्रमा लेखिएको थियो म छिटै फर्कन्छु तिमी राम्रोसंग पढेर बस ।

तर उनी अहिले सम्म फर्केर आएका छैनन् । तर पनि सावित्राले अहिले सम्म पनि आफ्ना श्रीमानलाई कुरेर बसेकी छन् । सावित्राले अहिले आफ्ना विवाहको फोटो हेरेर बसेकी छन् । ३० वर्षको उमेर हुँदा सम्म त सावित्रालाई दिन विताउन निकै मुस्किल हुन्थ्यो । उमेर थियो, बैंश थियो तर साथमा श्रीमान नहुँदा उनलाई निकै मुस्किल हुन्थ्यो । अब श्रीमान फर्केर आएपनि चिन्दिन होला, दुरान फर्केर आएपछि नै श्रीमान विदेश हिँडेका हुन् ।

कमाउन भन्दै उनी असामको नागालय जान भन्दै उनी हिडेका हुन् । विवाह भन्दा अघि पनि उनी भारतनै कमाउन जाने गरेका थिए । विवाह गर्दा बालकृष्ण २८ वर्षका थिए । सावित्राको वुवाले आफ्ना ज्वाईलाई भारत पठाउन चाहेका थिएनन् । उनले भनेका थिए ज्वाई असाम गएकाहरु फर्केर आएका छैनन् अब तपाई नजानुस् तर बालकृष्णले मेरो ब्यहार मिलाउनु छ छिटै फर्केर आउँछु भनेका थिए ।

त्यतीबेला मानिसले बोकेर उनको श्रीमानको पत्र बोकेर ल्याउने गरेका थिए । अहिले पत्र लिएर आएका मानिस जिवित छैनन् । असामवाट उनी घर आउन भनेर हिँडेको उनका साथीले बताएका छन् । सावित्राले आफन्त पर्नेसंग नै गाडीमा राखेर पठाएको आफुलाई बताएको सुनाइन् । विवाह गरेर गएको ४ वर्ष पछि उनी नेपाल फर्कन भन्दै हिडेको संगै बसेकाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!