हिपमत डटकम
काठमाडौं ,६ माघ:त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेकी प्रहरी जवान रमीता श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको भन्दै गायिका आस्थाले सामाजिक सञ्जालमार्फत आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि फरक फरक विचार आइरहेका छन्। बुधबारको सो घटनाको विषयलाई लिएर मानिसहरुले पक्ष र विपक्षमा विचार व्यक्त गरिरहेका छन् । सीसीटीभीको फुटेज सार्वजनिक भएपछि यस घटनाले गायिका आस्था राउत बढी आलोचित हुन पुगेकी छन् । तर, उनीहरुबीच के कस्तो वादविवाद भएको हो भन्नेबारेमा केही खुलेको छैन ।घटनामा रमीतालाई अभद्र व्यवहार गरेको आरोपमा गायिका आस्थाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । यसैक्रममा गायिका आस्था र प्रहरी जवान रमिताबीच भएको वादविवाद देख्ने प्रत्यक्षदर्शी सुमन देउजाले गायिका आस्थाको धर्यता र शालिनता नदेखिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत देउजाले सो घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि यसबारे बोल्न आफूमाथि दबाब आएको बताएका छन् । ‘आफ्नो ड्युटीमा रहेकी रमीताले चेक गर्ने उनको जिम्मेवारीअनुसार नै काम गरिरहेकी थिइन्’, उनले भनेका छन्, ‘तर सेलिब्रेटी आस्थाले पनि नियम त मान्नु पर्‍यो नि ।’

यसबारे थप देउजा भन्छन्, ‘महिला प्रहरी(रमिता)ले आस्थालाई ज्याकेट चेक गर्नुपर्छ खोल्न आग्रह गरेपछि आस्थाले आफ्नो फ्लाइट छुट्न लागेको भन्दै हतारिन् । हतार हुने भए चाँडै आउनु पर्ने महिला प्रहरीले बताइन् ।त्यसपछि आस्थाले ज्याकेट खोलेर चेक गर्ने मेसिनमा राखिन् । ज्याकेट चेक गरेर फर्केकी आस्थालाई उनको कफि महिला प्रहरीले दिइन् । उनले लिन नमान्दा टेबुलमा कफि पोखियो ।तत् पश्चात टेबुलमा पोखिएको कफि पुछ्न र डसविनमा फ्याल्न महिला प्रहरीले आस्थालाई भनिन्, आस्थाले मानिनन्। महिला प्रहरी आफ्नो जिम्मेवारी पूरा गरिरहेकी थिइन् । महिला प्रहरी सही छिन् । महिला प्रहरीलाई उनले राम्रो काम गरेकोमा सलाम गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!