हिपमत डटकम

बिहिबार, कार्तिक २७, २०७७ || 1081  पटक पढिएको

असोज पहिलो साता सिन्धुलीका प्रेम भनेर चिनिने नन्दलाल श्रेष्ठ पोखरा आए । सुनकोशी गाउँपालिका १ दुम्जाका श्रेष्ठ काम गर्न रिक्सासहित पोखरा आएका थिए ।

उनी कवाडी जम्मा गरेर बेच्ने काममा लागे ।२२ कात्तिकमा उनको भेट दाङ स्थायी घर भएका कृष्ण चौधरी ९२५० सँग भयो । ४ बजेबाट गफगाफमा भुलेका उनीहरु ७ बजेसँगै बसेर ‘सौफी’ नाम गरेको रक्सी पिए । कृष्णका दम्पति बसुन्धारा पार्कको प्रतिक्षालयमा बस्थे । श्रीमतीले खाना पकाएको भन्दै कृष्णले नन्दलाई बसुन्धरा पार्क लगे । तीनै जनाले खाना खाए ।
खानापछि कृष्णकी श्रीमतीले चुरोट हराएको बताइन् । कृष्णले एक्कासी ‘किन चुरोट चोरेको ’ भन्दै नन्दलालको पेटमा समाते । त्यसको प्रतिकारमा नन्दलालले कृष्णलाई धकेलिदिए । रिसले चुर बनेका कृष्णले अगेनोको ढुंगा उचालेर हिर्काउन खोजे । नन्दलाल आफ्नै रिक्सामा भागेका थिए । उनलाई मंगलबार तनहुँ आँबुखैरेनी गाउँपालिका २ माक्र्युचोक पक्राउ गरिएको छ ।

नन्दलाललाई कर्तव्य ज्यान मुुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक डिएसपी सुवास हमालले बताए

https://youtu.be/zIKCPskLm5Y

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!