हिपमत डटकम

बुधबार, कार्तिक २६, २०७७ || 905  पटक पढिएको

मोरङको विराटनगर सिमा एरियामा रहेको भारतिय बजार जोगबनीबाट भन्सार छली गरी ल्याएका करिव तिन लाख भन्दा बढि मुल्य बराबरका सामानहरु बरामद गरिएको छ । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हिजो अपरान्ह साढे ४ बजे विराटनगर-९ स्थित सडक किनाराबाट १ लाख ४५ हजार ३ सय रुपैया मुल्य बराबरको लत्ता कपडा तथा किराना सामानहरु बरामद गरेको हो । यसै गरी सोही कार्यालयबाट खटिएको प्रहरी गस्ति टोलीले हिजो राती पौने ११ बजे १ लाख ६७ हजार ३ सय मुल्य बराबरको लत्ताकपडाहरु बरामद गरेको छ । गोप्य सुराकका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर-१६ दरैया स्थित एक घरमा भन्सार छली गरी ल्याएका लत्ताकपडाहरु लुकाई छिपाई राखिएको अवस्थामा फेला पारी बरामद गरेको हो । साथै भन्सार छली लत्ताकपडाहरु ल्याई लुकाई छिपाई राख्ने घर धनि २५ बर्षीय राहुल रायलाई समेत पक्राउ गरिएको र बरामद गरिएको सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!