गणेश कुमार ठाकुर

मंगलबार, कार्तिक २५, २०७७ || 1170  पटक पढिएको

सिरहा। सिरहाको मिर्चैया नगरपालिकाको विभिन्न ठाउँहरुमा घुमेर पुराना कपडाबाट नयाँ सिरक बनाउने काम गर्दै अएका छन् । बारा कलैयाका प्रवेज अलमले पुराना कपडाबाट सिरक बनाउने काम गर्न ५ वर्षअघि पहाडमा काम गरेका थिए । अहिले उद्यमी बनेर उनले अरू तिन जनालाई रोजगारी दिएका छन् ।
२१ वर्षको उमेरमा आफैं काम थालेका उनले सिरहाको मिर्चैयामै डेरा राखे र विभिन्न ठाउँहरुमा घुमेर पुराना कपडाबाट नयाँ सिरक बनाउने काम गर्दै अएका छन् ।

बारा कलैयाका प्रवेज अलमले पुराना कपडाबाट सिरक, डस्ना बनाऊँ भन्दै जाँदा कसैले पत्याउँदेनथे उनले सुनाए सबैले धपाउन खोज्थे तर चिनेका घरमा दिनभर पिढी कुरेर बसेपछि काम लगाउँथे । काम हेरेपछि भने राम्रो गर्ने रहेछ भनेर सबैले पत्याएको उनले बताए ।
कपास महँगो बन्दै गएपछि व्यापार घट्दै जाँदा व्यवसाय नै संकटमा पर्ने पीरले उनलाई सतायो । उनले सहरमा फाट्टफुट्ट देखिन थालेको पुराना कपडाको कपास बनाउने मेसिन प्रयोग गर्ने योजना बनाए । ट्र्याक्टरसहित मेसिनलाई २२ लाख लगानी गरेर उनले पहिलो मेसिन जोडे ।
एउटा मेसिनले करिब एक सय पच्चास किलो पुराना कपडालाई कपासजस्तो बनाएर सिरक, डस्ना, चकटीलगायत सामान बनाउँछ । उनका अनुसार दिनमा ५ जनाको समूहले गर्ने काम यत्ति हो । एउटा मेसिनका लागि ४ देखि ५ जना कामदार चाहिन्छ । उनले अहिले दिनमा करिब ५ हजार देखि १० हजार सम्म कमउँन गरेका छन् ।
ट्र्याक्टरमा जोडेको मेसिन गाउँ–गाउँ लगेर सेवा दिने जुक्ति निकालेपछि धेरैलाई फाइदा भएको मिर्चैया नगरपालिकाका दिनेश साहले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!