नेपाली हरुकाे दाेस्राे महना पर्व दिपावली नजिकिँदै जाँदा गाउँ घरमा जुवाडे हरु तास तथा काैडा खेल्न थालेपछि रंगेली प्रहरी त्यस्ताे कार्यलाई निरुत्साहित गर्ने उदेश्य ले प्रहरीले रंगेली मा १८ गते राती ११ बजे सुराकीको आधारमा रंगेली नगरपालिका ७ नयाँटोल स्थित च्याऊ खेती लगाएको घर बाट नाै जना जुवाडे पक्राउ गरेकाे थियो । तास खेल्दै गएको अवस्थामा प्रहरीले उनिहरुको साथ बाट भारतिय रकम सहित नेपाली करिव ५९ हजार रुपैया र ९ थान मोवाइल सहित ९ बुक तास समेत बरामद गरेको थियो । प्रहरी उनिहरु बिरुद्ध जुवातास ऐन अन्तर्गत कार्वार्ही अगाडी बढाएको
थियो । उनिहरु ६ दिन पछि जिल्ला प्रसाशन कार्यलय माेरङ बाट १८ हजार रुपैयाँ घराैटिमा रिहा भएकाेे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले जानकारी दिए । तास खेल्दै गरेका विकास कुमार मण्डल, श्रीप्रसाद मुखिया, लक्षु महतो, कमलदेव साह, भोलेनाथ मण्डल, दिपक मण्डल, धिरेन साह, चन्दन मण्डल र झप्सु यादव रिहा भएका हुन ।