हिपमत डटकम

सोमबार, कार्तिक २४, २०७७ || 825  पटक पढिएको

प्रारम्भिक अनुसन्धानले कोरोना भाइरसविरुद्धको नयाँ भ्याक्सिन ९० प्रतिशतभन्दा धेरै प्रभावकारी हुने देखाएको छ । अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोनटेकले मिलेर यो भ्याक्सिन तयार गरेका हुन् ।

परीक्षणमा भ्याक्सनको प्रभावकारीता उत्कृष्ट देखिएको दिनलाई फाइजर कम्पनीका मालिक अल्बर्ट बोउर्लाले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन् ।

यो भ्याक्सिन ६ देशका ४३ हजार ५ सय मानिसमा परीक्षण भइसकेको छ र सुरक्षाका विषयमा कुनै सवाल उठेको छैन । यी कम्पनीहरुले यसै महिनाको अन्त्यसम्म भ्याक्सिन प्रयोग गर्न पाउनेगरी आपतकालिन स्वीकृति लिन आवेदन दिने योजना बनाएका छन् ।

फिजर कोभिड भ्याक्सिनको समाचारपछि स्कट मार्केट आकाशिएको छ ।
मानिसहरुले झेलिरहेको लकडाउन र अन्य विभिन्न खाले कडाइबाट बाहिर निस्कनका लागि भ्याक्सिन र अन्य उत्कृष्ट उपचारहरुलाई उपयुक्त बाटोका रुपमा हेरिएको छ ।

अहिले झन्डै एक दर्जन भ्याक्सिनहरु अन्तिम चरणको परीक्षणमा छन् । तर, प्रभावकारी नतिजा देखाउने यो पहिलो भ्याक्सिन हो । यसले पूर्णत प्रयोगात्मक तरिका अबलम्बन गर्छ, जसअनुसार प्रतिरोधी प्रणालीलाई अभ्यस्त गराउन भाइरसको जेनेटिक कोडको हिस्सामा इन्जेक्ट गरिन्छ । विगतका परीक्षणहरुले देखाएअनुसार एन्डिबडी र कोरोनाविरुद्ध लड्ने प्रतिरोधी प्रणालीको अर्को हिस्सा ‘टी सेल्स’ दुुबै निर्माण गर्न भ्याक्सिनले शरीरलाई अभ्यस्त गराउँछ । तीन साताको फरकमा दुुई डोजन लगाउनुपर्छ ।

अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणले दोस्रो डोज लगाएको ७ दिनपछि ९० प्रतिशत सुरक्षा मिलेको देखाएको हो । फिजरले वर्षको अन्त्यसम्म ५ करोड डोज भ्याक्सिन आपुर्ति गर्नका लागि आफुु सक्षम हुने विश्वास गरेको छ । त्यस्तै, वर्ष २०२१ को अन्त्यसम्म १ अर्ब ३० करोड भ्याक्सिन तयार गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!