राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मैले बुझेको गान्धी’ नामक पुस्तक लोकार्पण गरेकी छिन् । नेपालस्थित भारतीय राजदूतावासले बिपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहकार्यमा सो पुस्तक प्रकाशन गरेको हो ।राष्ट्रपति भवनमा आयोजित एक समारोहको बीचमा सो पुस्तक लोकार्पण गरिएको दूतावासले जनाएको छ ।
भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा दुई वर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनको अवसरमा ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको लोकार्पण गरिएको हो । सो कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राको पनि उपस्थिति थियो ।
नेपालीसँग गान्धी शिक्षाका मूल्य मान्यताको सम्झनामा यस पुस्तकले विश्वपुरुष गान्धीका बारेमा पहिलोपटक विशिष्ट नेपाली दृष्टिकोणलाई एकै ठाउँमा ल्याएको बताइएको छ । गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वहरुको विचारलाई यस पुस्तकमा समावेश गरिएको छ ।