हिपमत डटकम

सोमबार, कार्तिक २४, २०७७ || 664  पटक पढिएको

सोमबार हतियार देखाएर लुटपाटमा संलग्न तीन जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिकाका केदार विष्ट, सोही नगरपालिकाकै पारसमणि जोशी र कृष्णपुर नगरपालिकाका दीपक भट्ट रहेका छन् ।

गत बुधबार बेदकोट नगरपालिका–५, पोलखरी बस्ने हरेन्द्र बोहराको घरमा छोरोको जन्मदिन मनाउन उपस्थित भएका व्यक्तिहरुलाई हतियार देखाएर रकम लुट्ने समूहलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) मुकुन्द महासिनीले जानकारी दिए ।

उनीहरुले त्यतिबेला तीन लाख रुपैयाँ लुटेको अनुसन्धानबाट खुलेको एसपी मरासिनीले बताए । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले शनिबार बेलुका एकथान सेमि अटोमेटिक पेस्तोल र म्याग्जिनसहित बरामद गरेको छ । आफूहरु प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा आएको भन्दै पेस्तोल देखाएर लुटपाट गरेको अनुसन्धानबाट खुलेको छ । त्यस्तै प्रहरीले घटनास्थलबाट एकथान म्याग्जिन र दुई राउन्ड गोली समेत बरामद गरेको छ ।

पक्राउ परेका केदार विष्टको घरबाट ‘टाइप–२४’ जस्तो देखिने म्याग्जिनबिनाको पेस्तोल पनि भेटिएको छ । लुटपाटमा प्रयोग गरिनेएउटा मोटरसाइकल र लुटिएको चारवटा मोबाइलसमेत बरामद भएको एसपी मरासिनीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!