आइतबार, कार्तिक २३, २०७७ || 595  पटक पढिएको

समाजवादी ट्रेड युनियन महासंघ स्थापना दिवसका वक्ताहरुले मजदुरहरुको हकहितको लागि छठ पछि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आइतवार एक कार्यक्रमबीच मो. नसरुलको अध्यक्षतामा समाजवादी ट्रेड युनियन महासंघको स्थापना दिवस सम्पन्न भएको हो । कार्यक्रमका वक्ताहरुले देश र जनता प्रति लापरवाह रहेका सरकार बेरोजगरा युवहरु प्रति कुनै चासो नलिएको र कोभिड–१९ का कारण समस्यामा परेका मजदुरहरु प्रति उदासिन रहेकोले छठ पछि आन्दोलनमा उत्रिन समाजवादी ट्रेड युनियन महासंघ बाध्य हुने बताएका छन् ।

कार्यक्रमका अध्यक्ष मो. नसरुलले हिपमत डटकम संग कुरा गर्दै यदि सरकारले समस्यामा परेका मजदुर र रोजगारीको विषयमा चासो लिएन भने हामी सडक आन्दोलन समेत गर्न बाध्य हुने बताएका छन् ।

कार्यक्रममा समाजवादी ट्रेड युनियन महासंघका सह–अध्यक्ष जोगीलाल यादव प्रमुख अतिथि तथा प्रदेश उपाध्यक्ष एवं मोरंग जिल्ला अध्याक्ष राजकुमार यादव विशिष्ठ अतिथि सहित केन्द्रिय लेखा समितिका केन्द्रिय सदस्य महेश्वर यादव, विद्यार्थी नेता राकेश रोसन यादव, महिचन यादव र गणेश राजवंशी लगायतको उपस्थिती रहेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!