हिपमत डटकम

आइतबार, कार्तिक २३, २०७७ || 679  पटक पढिएको

सहकर्मीकै श्रीमतीसँग प्रेम सम्बन्ध राखी त्यसबारे पोल खुलेपछि साथीकै हत्या गर्ने व्यक्ति एक वर्षपछि पक्राउ परेका छन् । मकवानपुरका मान कुमार थिङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

गत वर्ष २८ साउनमा उनले ललितपुरको गुहेपोखरी बस्ने उदयपुरका हरि खड्काको हत्या गरेका थिए । खड्का र तामाङबीच सँगै मुर्ती बनाउने क्रममा चिनजान भएको थियो । हरिकी श्रीमती विष्णुसँग उनी नजिकिएका थिए । मानबहादुर र विष्णुबीच म्यासेज आदान प्रदान भएको हरिले थाहा पाएपछि विावद भएको थियो । त्यसपछि मानबहादुरङले हरीलाई भेट्न बोलाएर कुटपिट गरी हत्या गरेका थिए ।

सो घटनामा संलग्न मृतककी श्रीमती विष्णुसहित धने भन्ने आरुष थिङ, दिपक बम्जन, राज बम्जन तथा सागर वाईवालाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पहिला नै पक्राउ गरिसकेको थियो । खुम्य अभियुक्त खड्का त्यसबेला भारत भागेका थिए । उनलाई निरन्तर खोजी गरी मकवापुरबाट पक्राउ गरिउको महाशाखाका एसपी ईश्वर कार्कीले बताए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!