हिपमत डटकम

शुक्रबार, कार्तिक २१, २०७७ || 1278  पटक पढिएको

मोरङ । संविधान र कानुनले अपराध घोषणा गरिसकेपनि जातिय छुवाछुतको जरो नेपाली समाजमा कति धेरै गहिरोसँग गाडिएको छ भन्ने उदाहरण अझै सार्वजनिक भैरहेका छन । मोरङको उर्लावारीमा दलित समुदाय भित्रकै विश्वकर्मा थरका एक परिवारले सानो जातको भन्दै परियार थरकी बुहारीलाई सगोलमा काजकिरिया गर्नबाट रोक लगाएका छन् ।

दश बर्ष अघि विश्वकर्मा थरका पुरुषसँग विवाह गरेकी उर्लाबारी नगरपालिका २ सुनझोडा माइती भएकी ३० बर्षिया कोपिला बर्देवा (परियार)े श्रीमानको परिवारले सगोलमा स्विकार नगरेपछि अलग्गै घरमा बसेर ससुराको काजकिरिया बारिरहेकी छन ।
घटनाा अनुसार उर्लावारी नगरपालिका ४ आइतवारका नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा नेपाल दलित संघका केन्द्रिय सदस्य ७० बर्षिय भीमराज गहतराजको १३ कार्तिकमा मृत्यु भएको थियो । उनको मृत्युपछि उनका चार भाई छोरा ,बुहारीहरु र श्रीमती सगोलमा काजकिरियामा बसिरहेका छन । तर कान्छो छोरा दिवस गहतराज(३६) की कान्छी श्रीमती कोपिला बर्देेवा (३०) लाई चाँही उनीहरुले सानो जातको भन्दै अभद्र व्यवहार गर्दै घर भित्र ढिम्कन दिएका छैनन ।

सगोलमा ससुराको काजकिरिया गर्न मुलघर पुगेकी कान्छि बुहारी कोपिलालाई परिवारले अभद्र व्यावहार गदै साँस्कृतिक अधिकारबाट बंचित गरेपछि उनी बक्राहा खोला किनारको अलग्गै घरमा एक्लै बसेर ससुराको काजकिरिया बारिरहेकी छन । दश बर्ष अघि विवाह गरेका दिवस र कोपिलाको ८ बर्षकी छोरी पनि छन ।
कोपिलाका अनुसार ससुरा भीमराजले बुहारी स्विकार गर्दै बक्राहा खोला किनारको घर बस्नका लागि बर्षौ अघि नै दिएका थिए । तर राजनैतिक सक्रृुयता र समाजसेवाका लागि उनी उर्लावारी नपा २ सुनझोडा स्थित माइतमै बस्दै आएकी थिइन । श्रीमान दिवसले आफनो विहे भएको छैन भन्दै कोपिलासँग विहे गरेका थिए । तर पछि विवाह भएको थाहा पाएपछि उनले श्रीमानसँग छुट्टिन चाहेकी थिइन । तर उनका श्रीमानले उनलाई जीवनभरि साथ दिने भन्दै फकाएरसँगै राखेका थिए ।

ससुराको असाममिक निधन भएपछि कोपिला श्रीमानसँगै सगोलमा काजरिया गर्न आइतवारे स्थित मुलघर पुगेकी थिइन । तर जेठाजु , सासु र जेठानीले अभद्र व्यवहार गर्दै ‘तँ को होस हामी तँलाई चिन्दैनौ’ भन्दै गालीगलौज र हातपात गर्दे सगोलको काजकिरियाबाट बंञ्चित गराएको कोपिलाले बताइन । कोपिलाका अनुसार उनलाई अधिकारका कुरा गरेर घटना बाहिर ल्याएमा बहुविवहामा मुद्दा हालिदिने भन्दै ससुराली पक्षले धम्की दिइरहेका छन ।
तर कोपिलाले आफु कसैसँग कान्छि लाग्न नआएको बरु विवाह गरेरै ल्याएको र छोरीको जन्म दर्ता समेत भैसकेकोले आफु श्रीमानको बैधानिक श्रीमती भएकोले समान अधिकार पाउनुपर्ने माग गर्दै आएकी छन ।
उनले आफनो र छोरीको अधिकारका लागि जस्तो सुकै संघर्ष गर्न र सजाय भोग्न पनि तयार भएको तर कसैले साथ नदिएको कोपिलाको गुनासो छ । भन्छिन, ‘ हामीले दस बर्ष अघि बिहे गरेको र छोरीको जन्मदर्ता पनि भैसकेको सबै उनीहरुलाई थाहा छ तर मलाई सानो जात भनेरै उनीहरुले विभेद गरेका हुन ?’

जातिय विभेद तथा छुवाछुत कानुन गैरदलितहरुलाई मात्र नभै सबैमा लागू हुने भएकोले कान्छि बुहारीलाई स्विकार गरेर सगोलमा काजकिरया गर्न दिन आग्रह गर्दै दलित अधिकारकर्मीहरुले पटक पटक घरपरिवारलाई सम्झाएका थिए । तर जेठाजु दिनेश गहतराजले कुनै हालतमा सगोलमा काजकिरिया गराउन नचाहेको अधिकारकर्मी दुर्गा नेपालीले बताइन ।
दलित गैरसरकारी संस्था महासंघ प्रदेश १ सचिव अमर वराइली र दलित जनअधिकार मञ्चकी प्रदेश १ अध्यक्ष शान्ति गजमेरले पनि यसरी आन्तरिक विभेद गरेर महिलाको अधिकार हनन नगर्न आग्रह गरेको तर परिवारले नमानेको बताए । उनीहरु दुबैले भने , – ‘ विभेद नगर्नु भनेर घण्टौ सम्झाउँदा पनि हाम्रो केही लागेन पिडितले चाहेमा हामीहरु सक्दो सहयोग गर्न तयार छौ ।’,

 

स्वर्गीय भीमलालका जेठा छोरा दिनेशले आफुहरुले कसैलाई विभेद नगरेको र कान्छो भाइको जेठी बुहारी घरमै सगोलमा क्रिरियामा बसिरहेको बताए । कान्छि बुहारीलाई सगोलमा काजकिरियाबाट बंचित किन गराएको भन्ने प्रश्नको उत्तर दिदै उनले भने ,‘ पत्रकार ज्यू हाम्री बुहारी हामीसँगै काजकिरियामा छिन अरु को हुन हामी चिन्दैनौ बरु यसवारेमा हामी बुबाको काम सक्छौ त्यसपछि सोध्न आउनुहोला ।,’
स्नातक तहसम्म अध्यन गरेकी कोपिला नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ उर्लाबारी नगर कोषाध्यक्ष हुन । उनलाई सगोलमा काजकिरिया गर्नबाट हटक गर्ने जेठाजु दिनेश गहतराज दलित संघ उर्लाबारीका नगर अध्यक्ष हुन ।
जातिय छुवाछुत कसुर सजाय ऐन २०६८अनुसार कसैले पनि जात, बर्ण, पेशाका आधारमा कसैलाई पनि विभेद गर्न पाइदैन । सार्वजनिक र नीजि क्षेत्रमा मात्र नभएर समाजिक र सांस्कृतिक कार्यमा जातिय विभेद र छुवाछुत गर्नेलाई ३ महिनादेखी ३ बर्षसम्म कैद सजाय र ५० हजारदेखी २ लाख रुपैया सम्म जरीवाना अनि पिडितलाई बिगो अनुसारको क्षतिपुर्तिको व्यावस्था छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!