हिपमत डटकम

शुक्रबार, कार्तिक २१, २०७७ || 795  पटक पढिएको

अमेरिकाका थुप्रै ठूला टिभी च्यानलले राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावको विषयमा गर्दै गरेको टिप्पणी बीचमा नै रोकेका छन् ।

त्यहाँका च्यानल – एबीसी, सीबीएस र एनबीसी– ले उनको पत्रकार सम्मेलनको कभरेज बीचमा नै रोकिदिएका छन् र आफ्ना दर्शकलाई राष्ट्रपतिले थुप्रै झुटा बयान दिएको बताएका छन् ।

पत्रकारका अनुसार राष्ट्रपति ट्रम्पको कुरा सुन्दा यस्तो लाग्छ कि उनी ‘पोस्टल मत’ लाई धोकापूर्ण ठहर गर्न लागीपरेका छन् ।

ट्रम्पले मतदान अघि नै आफ्ना समर्थकलाई पोस्टलमार्फत् भोट नहाल्न अपिल गर्दै आफैं गएर मतदान गर्न आग्रह गरेका थिए ।

यता जो बाइडनले भने आफ्ना समर्थकलाई कोरोना महामारीका कारण धेरैभन्दा धेरै संख्यामा पोस्टल मतबाटै भोटिङ गर्न आग्रह गरेका थिए ।

राष्ट्रपति ट्रम्पले नेपाली समयानुसार शनिबार बिहानै एकपटक पुनः कुनै प्रमाण बिना वैध मतको गन्तीको हिसाबले राष्ट्रपति चुनावमा उनकै जीत हुने दाबी गरे ।

दुई दिनको मौनतापछि उनले यस्तो समयमा मुख खोलेका छन् जब दुई महत्वपूर्ण राज्य – जर्जिया र पेन्सिल्वेनिया– मा पोस्टल मतको जारी गन्तीसहित उनको अग्रता घट्दै छ ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा एकपटक पुनः आफ्नो जीतको दाबी गर्दै अवैध मतसँगै उनको पक्षमा आएको चुनाव परिणाम चोर्ने कोसिस गरिएको बताए ।

यद्यपि, विश्लेषकका अनुसार उनको दाबीको कुनै जायज आधार छैन । राष्ट्रपति ट्रम्प जुन पोस्टल मतको गन्तीको इशारा गर्दैछन् । ती अवैध होइनन् । ती मतको गन्ती यसकारण भइरहेको छ किनभने अमेरिकाका विभिन्न थुप्रै राज्यमा यही प्रावधान छ ।

अन्तरराष्ट्रिय पर्यवेक्षकले अमेरिकामा भइरहेको चुनावलाई राम्रो तरिकाले सम्पन्न भइरहेको चुनाव बताएका छन् ।

यसैबीच राष्ट्रपति ट्रम्पका समर्थकले थुप्रै राज्यमा कानूनी लडाईंका लागि करोडौं डलर जुटाउन सुरु गरेका छन् । – बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!