हिपमत डटकम

शुक्रबार, कार्तिक २१, २०७७ || 588  पटक पढिएको

कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन् । तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइइँले बताए ।

उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या दमक नगरपालिकामा रहेको छ । दमकमा ५५८ कोडिभ–१९ का सङ्क्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन् ।

पन्ध्र स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २९२, मेचीनगरमा २७८, विर्तामोडमा ३८७, कनकाईमा १४१, अर्जुनधारामा ८४, गौरादहमा १०३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा १०५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ रहेका फोकल पर्सन चौलागाईँले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!