हिपमत डटकम

शुक्रबार, कार्तिक २१, २०७७ || 1695  पटक पढिएको

कोशी ग्यासको शिल प्याक गरेको सिलेन्डरमा झन्डै साढे तीन केजी कम तौल भेटिएको छ । भरेको सिलिण्डरको तौल २९ किलो ६ सय ग्राम हुनुपर्नेमा २६ किलो ३ सय ग्राम मात्र भएको भेटिएको छ ।  सिलिण्डरमा ग्याँस उद्योगहरुले १४ किलो २ सय ग्राम ग्याँस भरेर पठाउने गरेकोमा बर्माले दुई वटा सिलिन्डर ग्यास खरिद गरेकोमा एउटा सिलिण्डरको ३ किलो ३ सय ग्राम कम तौल भेटिएको हो ।

ग्याँस डुलाई हिड्ने टेम्पु चालकसंग आफुले २ वटा सिलिण्डर खरिद गर्दा एउटामा कम तौल भेटिएको बर्माले जानकारी दिए । शंका लागेपछि खरिद गरिएको सिलिण्डर डिजिटल काँटामा तौल गर्दा कम तौल फेला परेको उहाले बताउनुभयो । ‘दुई वटा शील प्याक गरिएको कोशी ग्यासको सिलेण्डर खरिद गरेको थिए,’ उहाँले भन्नुभयो, ‘एउटा ग्यासको सिलेन्डरमा तीन केजी ३ सय ग्राम कम तौल छ । अर्कोमा २९ किलो ६ सय ग्राम ग्यास भएको सिलेन्डर रहेको छ ।’

खरिद गरिएको सिलिण्डर तौल कम फेला परेपछि बिक्री गर्ने टेम्पु चालक दक्षिणतर्फ भागेको र पछि आफुले पछ्याएर फेला पारेको बर्माले बताउनुभयो । बर्माले डिलरहरूबाट ग्यास खरिद गरेर डुलाउँदै हिडने टेम्पु चालक राजकपुर मण्डलबाट ग्यास खरिद गरेका थिए । मण्डलले विराटनगरका २ तीन ठाँउबाट सिलिण्डर खरिद गरेर बिक्री गर्दै आएको आएको बताएका छन् ।

डुलाउँदै ग्यास बिक्री गर्ने मण्डलले खरिद गरेको डिलरको नाम भने खुलाएका छैनन् । सिलिन्डर शिलप्याक रहेकोले डिलर संचालक र कोशी ग्यास कम्पनीको मिलेमतोमा कम तौल भरेर उपभोक्ता ठगी गरेको हुनसक्ने आशंका गरिएको छ ।

उपभोक्ताले सिलप्याक ग्याँस खरीद गर्दा तौल गर्न सम्भव नहुने भएकाले अन्य कतिपय ब्यक्ति समेत ठगिएको हुनसक्ने आशंका गरिएको छ । कोशी ग्याँस उद्योगका म्यानेजर सचित उपाध्यायले सिलिण्डर चेकजाँच गरेपछि मात्र केहि भन्न सक्ने प्रतिक्रिया दिनुभएको छ । उद्योगबाट त्यसप्रकारको गल्ती हुन नसक्ने उहाँको दाबी छ ।

‘उद्योगले बजारमा पठाउने ग्यासहरू तौलिएर पठाउने गरिएको छ,’ उहाँले भन्नुभयो, ‘त्यस्तो कमी हुन सक्दैन । यस विषयमा ग्यास कम्पनीमा ल्याउपछि बुझेर मात्र भन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!