प्रेम चन्द्र रौनियार

बिहिबार, कार्तिक २०, २०७७ || 767  पटक पढिएको

नवलपरासी । पूर्वी नवलपरासी को बुलिङ्गटार गाउँ पालिका ३ खसुवा स्थित कालीगण्डकी कारिडाेर निर्माणमा खटिएका सात जना मजदुर पहिराेले पुरिएकाेे मध्ये पाँच जनाकाे मृत्यु दुई जनाकाे जीवित उद्धार गरिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा , बुलिङ्गटार ४ वस्ने वर्ष२० का गाेपाल गरञजा , ऐजन वस्ने , ४२ का सुन बहादुर पुलामी , वर्ष २०का तारा बहादुर लुइगेलि , वर्ष २० का चेत बहादुर अस्लामि , र वर २८/२९का तुल बहादुर सारू रहेका छन् ।

उक्त घटनामा घाइते हुनेमा बुलिङ्गटार वडा नम्बर ४ वस्ने वर्ष १९ का केवल सिंह लुङगेलि , सोही वडा वस्ने वर्ष २१ का कृष्ण सिंह लङगेलि रहेका छन् ।जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका प्रहरी निरीक्षक एंवम निमित्त सूचना अधिकारी विशाल तमाङ्ग ले दिएकाे जानकारी अनुसार बुलिङ्गटार गाउँ पालिका ३ खसुवा ढिक भन्ने स्थानमा कालिगण्डकि कारिडाेर निर्माणमा खटिएका मजदुरहरु ग्याविनमा ढुङ्गा भर्दैै गर्दा एक्कासि माथिवाट सुखा पहिराे खस्दा सात जना मजदुरहरु पहिराेले पुरिएको बताउन भएकाे छ ।

पहिराेले पुरिएका मजदुरहरुलाई स्थानिय बासिन्दाकाे सहयाेगमा नेपाल प्रहरीले दुईजना लाई घाइते अव्स्थमा जिवितै उद्धार गरिएको छ भनी ५ जनाकाे पहिराेमा पुरिएर मृत्यु भएकाे सुचना अधिकारी तमाङ्गले बताउन भएकाे छ ।

पहिराेमा पुरिएर घाइते दुवैजना लाई उपचारका लागि नयाँ मेडिकल कालेज भरतपुर पठाईएकाे छ ।

उक्त घटना कसरी र के कारणले घटेकाे हाे त्यस बारेमा अनुसन्धान कार्य भइराखेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!