मोरङको रंगेली नगरपालिका वडा नं -७ नयाँ टोल स्थित लक्षु महतोले संचालन गरेको च्याउ उत्पादन
गर्ने घर भित्र हिजो राती ११ बजे तास खेलि रहेको अवस्थामा ९ जना मानिसहरुलाई प्रहरीले पक्राउ गरेको छ। बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक सहित खटेको टोलीले उक्त मानिसहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा रंगेलीका बिकास कुमार मण्डल, कमल देब साह , धिरेन साह,भोलेलाल मण्डल,श्रीप्रसाद मुखिया,लक्षु महतो,झम्सी यादब,दिपक मण्डल र चन्दन मण्डल रहेको छ। उनीहरुको साथबाट ५८,८६०। रुपैया बरामत भएको छ। नगद सहित पक्राउ परेका मानिसहरुलाई थप अनुसन्धान भई रहेको ।