मोरङको सुनवर्षीका नगरपालिकाका तिन कर्मचारीहरुमा आज कोरोना संक्रमण देखिएको छ। यस अघि नगरपालिकाका उपमेयर मंजु राईमा पनि कोरोना संक्रमण देखिएको थियो। आज सुनवर्षी नगरपालिका वडा न -४ मा कार्यरत वडा सचिब श्रीराम पण्डित,स्वास्थ्य साखामा कार्यरत अभिमन्यु दास तथा एम आई एस अपरेटर प्रेम कार्कीमा कोरोना संक्रमण पुष्टि भएको छ। कार्की र पण्डितमा कुनै समस्या देखिएको छैन दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमा नै होम आईसोलेसनमा बसिरहेको हिपमत डटकमलाई टेलिफोन मार्फत जानकारी दिनु भएको छ।
स्वास्थ्य साखामा कार्यरत कर्मचारी अभिमन्यु दासको स्वास्थ्यमा केहि समस्या देखिएको छ उहालाई सास फेर्न गाह्रो भएको दासलाई कोशी कोभिड १९ अस्पतालमा राखिएको जानकारी हिपमत डटकमलाई प्राप्त भएको छ। नगरपालिकामा कार्यरत अधिकांश कर्मचारीहरुमा उच्च ज्वरो ,रुघाखोकी देखिएको छ। धेरै कर्मचारीहरुको पिसीआर परिक्षन गरिएको छ तर रिपोर्ट आएको छैन।
आफ्नो कर्मचारीहरुमा कोरोना संक्रमण देखिए लगत्तै नगरपालिकाको कार्यालयले कार्तिक १९ गतेदेखि कार्तिक २५ गतेसम्म ६ दिनको लागि नगरपालिका बन्द रहने एक सूचना जारि गर्दै बताएका हुन्।