हिपमत डटकम

सोमबार, कार्तिक १७, २०७७ || 1080  पटक पढिएको

काठमाडौं / सत्तारुढ दलभित्रको सधैंको किचलोले नेपाली जनता वाक्कदिक्क भइसकेका छन् । नेकपामा कहिले के विषयमा विवाद कहिले के विषयमा झगडा हुँदा सरकारले कुनै काम नै देखाउन सकेको छैन ।

स्थिर सरकारको नारा दिएर जनताबाट भोट पाएर सत्तामा पुगेका नेकपाका नेताले आन्तरिक कलहमै तीन वर्ष बिताएका छन् । अबको दुई वर्ष पनि सहज ढंगले अघि बढ्ने स्थिति देखिएको छैन ।

प्रधानमन्त्री केपी ओली यतिबेला निकै सकसमा छन् । न सरकार न पार्टीको काम नै राम्रोसँग अघि बढाएका छन् । आफूले चुनावअघि दिएको नारा त्यत्तिकै सीमित हुने भएपछि उनी अहिले जसरी पनि पूर्वमाओवादी पक्षलाई दबाएरै पार्टी र सरकार चलाउने मनस्थितिमा पुगेका छन् । त्यसका लागि उनले दशैंअघि दुईपटक नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर आकर्षक प्रस्ताव राखिसकेका छन् ।

तर, नेपालले कुनै चासो देखाएको देखिएन । ओलीले आगामी महाधिवेशनमा पार्टीको एकल अध्यक्ष बन्न आफूले सहयोग गर्ने प्रस्तावसमेत राखिसकेका छन् । आफूले जतिभन्दा पनि नमानेपछि प्रधानमन्त्री ओलीले आफ्ना चार विश्वासपात्रलाई नेपाल फकाउने जिम्मेवारी दिएका छन् ।

उनीहरू हुन्, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञपाली र शंकर पोखरेल । पार्टीमा उत्पन्न पछिल्लो विवाद साम्य पार्न पार्टीका दोस्रो तहका नेता शीर्ष नेतृत्वसँग छलफलमा जुटेका हुन् ।

नेकपाका दुवै समूहलाई मिलाउन महासचिव पौडेल, स्थायी कमिटी सदस्यहरु नेम्वाङ, ज्ञवाली, शंकर पोखरेल, देवेन्द्र पौडेललगायतका नेताहरुको सक्रियता बढेको हो ।

उनीहरूको माधव नेपाल निवास कोटेश्वरमा आउजाउ बढेको छ । ओली निकट नेताहरूले माधव पक्षका नेताहरूसँग पनि कुराकानी गरिरहेका छन् । माधव नेपाललाई कुनै पनि हालतमा प्रचण्डको कित्तामा जानबाट रोक्न उनीहरूलाई प्रयोग गरिएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!