हिपमत डटकम

सोमबार, कार्तिक १७, २०७७ || 2006  पटक पढिएको

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्र व्यक्तिगत स्वार्थका कारण विभाजन निम्तिन लागेको प्रतिक्रिया दिएका छन् । उनले आज (सोमबार) अपरान्ह सामाजिक सञ्जाल ट्विटरमार्फत पोखरेलले लेखेका छन्,‘एकताकावेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो।त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!” पछिल्लो समय नेकपाभित्र आन्तरिक विवाद चुलिएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संघर्ष चुलिएको छ । यही अवस्थामा उपप्रधानमन्त्री पोखरेलको आफ्नो व्यक्तिगत भनाई बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!