रबिन्द्र बराल

सोमबार, कार्तिक १७, २०७७ || 2637  पटक पढिएको

मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित पिन्टुु दत्त काेे घरमा पुजाको प्रसाद खाँदा ४० जना भन्दा बढी बिरामी परेका छन । काेजाग्रत पुर्णिमा काे दिन बङ्गालि समुदाय ले प्रत्येक बर्ष पुर्णिामा काे राति लक्ष्मी पुजा गर्ने र त्यस दिन जागरम समेत बस्ने गरेका छन् । साेहि क्रममा १५ गते शनिबार राति पिन्टुकाे घरमा लक्ष्मी पुजा गरेेेर उनिहरुले आफन्त तथा ईस्टमित्रलाई प्रसाद ग्रहणका लागि निमत्रणा गरेर पछि सबै भेला समेत भए पुजा सकिएपछि ४० जना भन्दा बढीले साे पुजाकाे प्रसाद ग्रहण समेत गरेका थिए ।

पुजाकाे प्रसाद ग्रहण गरेको २४ घन्टा नबित्दै युवा,बालबालिका ,महिला लगायतलाई झाडापखाला सुरु भएपछि उनिहरु रंगेली अस्पतालसम्म पुगेका छन् । पिन्टुकाे घरका सबै सदस्यहरु बिरामी परेका छन् भने रंगेली अस्पतालमा ३० बर्षका रमेश शर्मा , १४ बर्षका वजरंग मंण्डल, २२ बर्षका सरस्वती शर्मा, ३६ बर्षका मनाेज साेनी, २० बर्षका सन्ताेष शर्मा , १५ बर्षका कृष्ण शर्मा, २८ बर्षका उमेश शर्मा ६५ बर्षका बिना देवि साह, ४० बर्षका ग्यानन्द मंन्डल लगायत काे रंगेली अस्पतालमा उपचार भईरहेकाे अस्पतालले हिपमत डटकमलाई जानकारी दिएको छ। रंगेली अस्पतालका मेडिकल अधिकृत स्वेता मंण्डलका अनुसार गएराति देखि अस्पतालमा झाडापखाला हुने, बान्ता आउने, ज्वरो आउने, पेट दुख्ने बिरामीहरु आएकाे र उनीहरुले एउटै घरमा पुजाकाे प्रसाद खाएकाे हुनाले उनीहरुलाई फुट पाेईजन भएको हुन सक्ने समेत बताए ।

मंण्डलका अनुसार पुजामा खाना राम्रोसंग नपाकेकाे, पानी सफा नभए ,र बजारबाट खरिद गरेर ल्याएकाे हरियो साग सव्जिमा राम्रो देखाउन ब्यपारीहरुले बढी मात्रामा किटनासक औसधि प्रयाेग गरेकाे हुन सक्ने र घरमा ल्याएर राम्रोसँग नपखालेको कारणले गर्दा फुट पाेईजन भएको हुन सक्ने उनलेे बताईन । फुट पाेईजनका कारण बिरामी परेका हरु लाई निकाे हुन दुई दिन देखि ३ दिन सम्म लाग्न सक्ने उनलेे बताईन । अहिले अस्पताल मा बिरामीको चाप बडेपछि बालबालिका देखि बृद्ध हरु समेत घरमै स्लाईन पानी चडाएर बिरामीहरु उपचार गराईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!