हिपमत डटकम

शनिबार, कार्तिक १५, २०७७ || 1151  पटक पढिएको

आजको युबा पिडिहरु सामाजिक क्षेत्रमा भन्दा पनि बढी अनावश्यक क्षेत्रहरु मा ब्यस्त रहेको पाइन्छ । युबा हरु लागुऔषध , आधुनिक बिदेशी मुलुकका संस्कृती को प्रतिलिपि का आधारमा अगि बढी रहेको र आजको डिजिटल संसारले पनि युबा जगत मा ठूलो असर पुर्याइ सकेको छ । हल्दिबारी मा एक युबक ले सामाजिक क्षेत्र मा आफू लाई अब्बल बनाएर आजको युबा जगत को समाज र देश प्रती एक ठूलो कर्तव्य र दायित्व छ भन्ने कुरा प्ररेणा सावित गरेका छन।

झापा जिल्ला भरी र हल्दिबारी मा नचिनिने नाम होइन अबिषेक खतिवडा , प्राय हल्दिबारी भित्र हर क्षेत्रमा आफू लाई सक्रिय राख्ने खतिवडा सानो उमेर देखि नै सामाजिक जीवन मा व्यस्त रहन मन पराउने गरेका थिए।उनी आफ्नो बाल्यकाल मामाघर मा बेतिद गरेको र मामा हजुरबुबा येहि क्षेत्र मा लागेको आफ्नो आँखा ले सानै बाट देखेको ले पनि आफू आज यो क्षेत्र सक्रिय रहेको कुरा दाबी गर्ने गर्छन। अप्रत्यक्ष वा प्रत्यक्ष रुपमा हर सामाजिक गतिविधि मा हल्दिबारीमा खतिवडा समावेश हुने कुरा धेरै कार्यक्रम मा देखि सकेको छ । हल्दिबारी मा पछिल्लो समयमा युबा जगत मा उनको नाम अग्रभागमा नै आउने गरेको छ । आफ्नो व्यक्तिगत जीवनभन्दा सामाजिक र बैचारिक जिवनमा सक्रिय र सबै सग उतिकै रमाउन खोज्ने युवा खतिवडा खेलकुद, स्वास्थ्य, सामुदायिक संघ सस्था ,युबा कल्ब,समुदाय सुधार सस्था साथै रक्तसञ्चार लगायतको क्षेत्रमा पनि सक्रिय रहेका पाइन्छ ।बिगत देखि नै बालबालिका बिद्यार्थी हुँदै युबा र हल्दिबारीमा रहेका युवाहरुका अधिकाँश संघसंस्थामा उनको प्रत्यक्ष अप्रत्यक्ष संलग्नत र नेतृत्व रहदैआएको छ ।

हल्दिबारी भित्र का मान्छे हरु समस्या मा परेको खण्डमा उनिले आफू सक्रिय रहेर सहयोग गर्दै आएको तत्थहरु पनि धेरै हामी ले प्राप्त् गरेका छौ । जसका कारण उनको हल्दिबारी भित्र सामाजिक क्षेत्रमा एउटा बेग्लै पहिचान बनिसकेको छ । युवाहरुलाई संगठित गर्ने र नेतृत्वदायी भुमिका मा उभिन सक्ने बनाएर सामाजिक क्षेत्रमा संगसंगै लैजाने खतिवडाको मुल उदेश्य रहेको छ ।

मिजासिलो ,हासिखुशी स्वभावका कारण उनि जो कोहिसंग र जस्तो उमेर समुहका व्यक्तिहरु सग पनि सजिलै घुलमिल हुन गरेको पाइएको छ । हल्दिबारी मा छोटो समय तथा कम उमेरमा आफुलाई स्थापित गर्दै, सफल सामाजिक युवा अभियान्ताको रुपमा खतिवडा ले आफुलाई चिनाइसकेका छन । कहिले ढडुवा-बडाबारी बजार ,कहिले भेलागढी पार्क ,कहिले विभिन्न स्कुल र बिधालय हरु ,हाट बजार का फोहोर टिपेर वातावरण प्रदुषण हुन दिनु हुँदैन भन्ने सोच राख्ने खतिवडा बोट बिरुवा रोप्नु पर्छ भन्दै सामुदायिक वन हरु को कार्यक्रम पनि सक्रिय रहेका छन। सग सगै सास्कृतिक कार्यक्रम नकारात्मक कार्यको संाकेतिक बिरोध र सकारात्मक अभियान र र्याली मा नेतृत्व गर्ने खतिवडा अहिले अब्ब्ल छन । कलिलो उमेर सम्म मा सक्रिय रहेका खतिवडा २१ बर्ष मात्र पुगेका छन सामाजिक गतिविधि गर्दै जादा विभिन्न बाधा समस्या हरु आउने गर्छन । जस्लाइ सहन सक्नु पर्छ उनी भन्छन । उनले थप कुरा जोड्दै केही बिकास बिरोध र आफू ले पनि नगर्ने अनि अरु लाई पनि गर्न नदिने हरु बाट चै जोगिएर सामाजिक गतिविधि गर्दा डर राख्नु हुदैन । खतिवडा कलिलो उमेर देखि नै नयमित रुपमा रक्तदान पनि गर्दै आएका छन उनी ले १८ बर्ष देखि युबा हरु ले रक्तदान गर्नु पर्छ भन्ने कुरा को धेरै लाई प्रेरित समेत गराइसकेका छन।

आफुले सानो उमेर देखि नै सामाजिक गतिविधि गरेर हिड्न पाउदा मन मा छुटै आनन्द आउने साथै अरु लाई केही सिकाउन पाउँदा खुशी मिल्ने कुरा समेत उहाँले हामी लाई व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!